८ माघ २०८२, बिहिबार | January 22, 2026

‘नेपाली सेनाको संवेदनशीलता, नीति नियम र अनुशासनलाई ख्याल गर्ने’



दाङ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवेदनशीलता, नीति नियम र अनुशासनलाई ख्याल गर्ने गरिमा र प्रतिष्ठा अभिवृद्धि गर्न भूपूसैनिकको महत्त्वपूर्ण जिम्मेवारी हुने बताएका छन् ।

नेपाली सेनाको व्यवस्थापन र कल्याणकारी वार्डको संयोजनमा आज घोराहीस्थित रणसिंह दल गणमा आयोजित नेपाली सेना भूपूसैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले समाजमा उदाहरणीय रूपमा प्रस्तुत भई नेपाली सेनाको प्रतिष्ठा अभिवृद्धि गर्न भूपूसैनिकलाई अनुरोध गरे ।

उनले नेपाली सेनाको संस्थागत हितलाई सदैव ध्यान दिई सैनिक सेवामा प्राप्त ज्ञान, सीप र अनुभवका आधारमा जनताको सेवामा सकारात्मक योगदान पु¥याउन अनुरोध गरे । कुनै पनि राजनीतिक पार्र्टीसँग आबद्ध नभई संविधान र कानूनबमोजिम अहोरात्र खटिरहेको नेपाली सेनाप्रति हुने गरेको नकारात्मक टीकाटिप्पणी र झुठा समाचार सम्प्रेषण हुने गरेकोमा दुःख व्यक्त गदै उनले सेनाको मनोबल घटाउने त्यस्ता अवाञ्छित क्रियाकलापप्रति सचेत रहन सम्बद्ध पक्षको ध्यानाकर्षण गराए ।

प्रधानपति शर्माले सूचना प्रविधिको विकाससँगै त्यसको दुरुपयोग हुने गरेको उल्लेख गर्नुहुँदै सत्यतथ्य र आधिकारिक सूचना र समाचारका आधारमा सेनाप्रतिको धारणा बनाउन अनुरोध गरे । उनले विसं २०३२ देखि सुरु भएको शान्ति मिसन कार्यक्रमबाट रकम प्राप्त भई स्थापना भएको कल्याणकारी कोषमा अहिले रु ७३ अर्ब १३ करोड रहेको जानकारी दिए ।

विभिन्न तह र पदका गरी छ हजार पाँच जना नेपाली सेना शान्ति स्थापना अभियानअन्तर्गत विभिन्न देशमा कार्यरत रहेको बताउँदै उहाँले कल्याणकारी कोषबाट आयआर्जन हुने रकम सैनिक परिवारको शिक्षा, स्वास्थ्य उद्यमशीलता कार्यक्रममा लगानी भइरहेको स्पष्ट पारे । सीमित स्रोतसाधनका बाबजुद शिक्षा, स्वास्थ्यसहित रोजगारी सिर्जनाका क्षेत्रमा अहिलेसम्म रु आठ अर्ब लगानी भइसकेको उल्लेख गर्दै प्रधानसेनापति शर्माले भूपूसैनिक र आश्रित परिवारलाई ध्यानमा राखेर समयसापेक्ष एवं परिष्कृत कार्यक्रम सञ्चालन गर्ने लक्ष्यलाई निरन्तरता दिइने स्पष्ट पारे ।

नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले शिक्षा, स्वास्थ्य सीपमूलक तालिमका लागि सहयोग गर्दै आएको बताए । अवकासप्राप्त सैनिकका तर्फबाट रथी नेपालभूषण चन्दले हरेक तीन वर्षमा हुने यस किसिमको सम्मेलनबाट भूपूसैनिक र आश्रित परिवार एवं नेपाली सेनाबीचको सम्बन्ध अझ प्रगाढ र जीवन्त हुने विश्वास व्यक्त गरे ।

बलाध्यक्ष रथी सीताराम खडकाले कल्याणकारी कोषको रकमलाई आयमूलक क्षेत्रमा लगानी गरी प्राप्त आयस्रोतबाट अवकासप्राप्त सेना र आश्रित परिवारको शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा सहयोग उपलब्ध गराई आर्थिक तथा सामाजिक जीवनस्तर सुधारको पक्षमा नेपाली सेना रहेको स्पष्ट गरे । त्यस्तै सोही कार्यक्रममा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका महासचिव श्यामसुन्दर घिमिरेले अवकासप्राप्त सेनाको शिक्षा, स्वास्थयलगायतका क्षेत्रमा नेपाली सेनाबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै आउँदा दिनमा अझ बढी साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

नेपाली सेना कल्याणकारी बोर्ड र हिताधिकारी केन्द्र एवं नेपाली सेनाको स्थानीय युनिटमार्फत अवकासप्राप्त सैनिक एव आश्रित परिवारलाई सहयोग उपलब्ध गराइने व्यवस्था रहेको नेपाली सेनाले जनाएको छ । सोही कार्यक्रमा प्रधानसेनापति शर्माले नयाँ गोरख गणबाट अवकासप्राप्त प्यूठानका ज्येष्ठ पूर्वसैनिक करिब ९० वर्षीय हुकुम बहादुरखत्री र गुल्मीकी ज्येष्ठ एकल महिला ९२ वर्षीया सावित्रादेवी थापालाई अभिनन्दन गरे ।

उनले बहालवाला तथा पूर्वसैनिक र हिताधिकारी गैरसैनिक नागरिकबाट अशक्त सात जनालाई ह्वील चेयर र तीन जनालाई वैशाखी वितरण गरे । साथै उनले पाँच महिला उद्यमीलाई कर्जा रकमको चेक हस्तान्तरण गरे । कर्जा रकम प्राप्त गर्नेमा पूर्वसैनिक परिवार प्यूठान नगरपालिका–७ रामचन्द्र श्रेष्ठकी श्रीमती सुशीला श्रेष्ठ, राप्ती गाउँपालिका–४ दाङका रेशमा गिरी, राप्ती गाउँपालिका–१ का कल्पना पछाई, प्यूठानका प्रतीक्षा विक र तुलसीपुर उपमहानगरपालिका–१७ का नम्रता चौधरी रहेकी छन् ।

प्रधानसेनापति शर्माले दुई सर्वोत्कृष्ट उद्यमीलाई पनि सम्मान गरेका छन् । सम्मानित हुनेमा घोराही–१८ निवासी अवकासप्राप्त स्व. दिनेश गिरीकी श्रीमती करमला गिरी र सल्यान जिल्ला बागचौर नगरपालिका–२ निवासी अवकासप्राप्त सैनिक झक्कु बस्नेत रहेका छन् । उनले चार सन्ततीलाई सेवा गर्न प्रेरित गराउनुहुने मातापितालाई पनि सम्मान गरे।

लुम्बिनी प्रदेशका दाङ, रोल्पा, प्यूठान, पूर्वी रुकुम र कर्णाली प्रदेशका सल्यान र पश्चिम रुकुमका गरी एक हजार ३९ भूपूसैनिकको सहभागिता रहेको थियो । सो अवसरमा श्री १९ नम्बर बाहिनी अड्डाअन्तर्गत सम्पूर्ण युनिटले जिल्लागत विशेषको झाँकी प्रदर्शन गर्नुका साथै सैनिक गान नृत्य, स्थान विशेषको सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ९ : २५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा