१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मकैमा अमेरिकी फौजी कीरा



बनियानी । झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो ।

केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिए । “ठूलो क्षति गर्ने गरी प्रकोपका रूपमा देखिएको छैन”, उनले भने । फौजी कीरा देखिएको ठाउँमा आवश्यक औषधोपचार गरिएको उनले बताए ।

वर्षापछि घाम लाग्दा फौजी कीराको जीवनक्र बढी सक्रिय हुने भएकाले मकैखेती गर्ने कृषकलाई सचेत रहन कृषि ज्ञान केन्द्रले आग्रहसमेत गरेको छ । अमेरिकी फौजी कीरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने रात्रिचर स्वभावको कीरा हो । भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोत्रेर खाइदिन्छ । यो कीराले क्षति पु¥याएको बिरुवा बढ्दै जाँदा पातमा स-साना प्वाल देखिन्छन् ।

“कलिलो अवस्थाको गुभोभित्र बसेर लार्भाले मकैको गुभो खाने गर्छ”, शिवाकोटीले भने, “लार्भाले खाँदै गर्दा पातहरूमा प्रशस्त आलो दिसा देख्न सकिन्छ, मकै बढ्दै गएपछि यसले धानचमर, जुँगा तथा घोगामा समेत नोक्सानी गर्छ ।”

कृषकलाई ४५ लाख अनुदान

प्रदेश नं १ सरकारले मकैखेती प्रवद्र्धनका लागि झापामा रु ४५ लाख अनुदान दिएको छ । मकैको उत्पादन बढाउने उद्देश्यले जिल्लामा तीन सय हेक्टरका लागि प्रतिहेक्टर रु १५ हजारका दरले अनुदान आएको शिवाकोटीले जानकारी दिए ।

जिल्लामा अनुदानका लागि मागभन्दा धेरै कृषकले आवेदन दिएका छन् । कृषकले सात सय हेक्टरमा खेती गरेको भन्दै अनुदानका लागि आवेदन दिएको कार्यालयले जनाएको छ । आवेदनका आधारमा स्थलगत अनुगमन भइरहेको छ ।

मकैखेती प्रवद्र्धनअन्तर्गत सरकारले मान्यता दिएका बीउ प्रयोग गरी खेती गरेका सूचीकृत कृषि फार्म, कृषि समूह, कृषकले अनुदान पाउने छन् । सरकारले उत्पादन बढाउने उद्देश्यले हाइब्रिड जातका मकैलाई प्राथमिकता दिएको छ । झापामा अहिले कतै मकै रोपिसकिएको छ भने कतै रोप्ने अवस्थामा छ । छिटफुटरूपमा उत्पादित मर्क किसानले बिक्रीका लागि बजारमा ल्याउन थालेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ११ : ०७ बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा