२२ असार २०८३, सोमबार | July 6, 2026

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो



ढोरपाटन । कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो । त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज ढुङ्गानाले बताए । विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथलगायत समस्याका बिरामी यहाँ आउने गरेका छन् । आयुर्वेद औषधिमा विश्वास कम गर्नेहरु पनि अब भने यहाँ आउन थालेका उनी बताउछन ।

ढुङ्गानाका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्याका छन् । उनी भन्छन, “आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढेको पाइएको छ ।” धौलागिरि आयुर्वेदिक अस्ताल आउने बिरामीको तीन वर्षयताको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा सात हजार एक सय ५४, आव २०७७/७८ मा १२ हजार पाँच सय ८३ तथा आव २०७८/७९ मा १६ हजार दुई सय ४७ जनाले यहाँबाट सेवा लिएका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म सात हजार चार सय ३० बिरामीले सेवा लिएको ढुङ्गानाले जानकारी दिए । सबैभन्दा बढी साउनमा एक हजार तीन सय २० बिरामीले सेवा लिएका छन् । भदौमा एक हजार ३६ जना, असोजमा नौ सय ६१, कार्तिकमा आठ सय ५१, मङ्सिरमा आठ सय ८३, पुसमा एक हजार १०, माघमा एक हजार आठ र फागुन दोस्रो सातासम्म तीन सय ६० जनाले सेवा लिएका छन् ।

औषधालयबाट सबैभन्दा बढी अम्लपित्तका बिरामीले सेवा लिएका छन् । अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, उच्च रक्तचापलगायतका बिरामी दैनिक आउने गरेको धौलागिरि औषधालय बागलुङका प्रमुख डा सरोजकुमार रायले जानकारी दिए । आयुर्वेदालयले आयुर्वेद तथा योग शिक्षा, जडीबुटी परिचयात्मक, स्वस्थ जीवनलगायत विषयमा कार्यक्रम गर्न थालेपछि आयुर्वेद औषधिमा बिरामीको आकर्षण बढेको उनी बताउछन ।

पछिल्लो समय दैनिक ३०/३५ बिरामी औषधालयमा आउने गरेको डा रायको भनाइ छ । स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यहाँबाट २३ प्रकारका औषधि उपलब्ध गराउँदै आएको उनले बताए । उनी भन्छन, “अरु औषधिको तुलनामा आयुर्वेद औषधिको ‘साइड इफेक्ट’ कम हुन्छ, चेतनाको वृद्धिका कारण आयुर्वेद्ध औषधि प्रयोग गर्ने बढेका छन्, सरकारले पनि यसलाई प्राथमिकता दिएको छ ।” जिल्लाको बडिगाड, ताराखोला र बरेङ गाउँपालिकामा समेत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा उपलब्ध गराइँदै आएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १० : ०६ बजे

‘मन्त्रीको हेलिकोप्टर उडिरह्यो, नागरिक डुबिरहे’ : कर्णाली दुर्घटनाबारे ज्ञानेन्द्र शाहीको आक्रोश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले

धुलिखेल-खावा सडकखण्ड रातको समयमा बन्द नगरिने

काभ्रेपलाञ्चोक । वर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत

पशु प्रजनन कार्यालयबाट घाँसको बीउ उत्पादन

खजुरा । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले

सुनौली नाकामा यात्रुलाई हैरानी दिने ४ जना प्रहरी नियन्त्रणमा

बुटवल । नेपाल भारत सीमाको सुनौली नाकामा यात्रुहरुलाई दुःख हैरानी

सुनको मूल्य केही घट्यो, आज प्रतितोला ९०० रुपैयाँ सस्तो

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुन तथा