२३ बैशाख २०८३, बुधबार | May 6, 2026

आठ दलका शीर्ष नेताद्वारा संघीय संसदका सांसदहरुलाई प्रशिक्षण

राष्ट्रपति निर्वाचनमा भोट क्रस र बदर हुन नदिने रणनीति



काठमाडौ । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गरेका आठ दलका शीर्ष नेताहरुले सांसदहरुलाई प्रशिक्षण दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित ८ दलका शीर्ष नेताको उपस्थितिमा काठमाडौंको तीनकुनेस्थित एक ब्यान्क्वेटमा सांसदहरूलाई प्रशिक्षण दिइएको हो।

शीर्ष नेताहरुले संघीय संसदअतर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई प्रशिक्षण दिएका हुन् ।

कार्यक्रममा प्रचण्ड, देउवासहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेता राजेन्द्र श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सांसद अब्दुल खानलगायत नेता रहेका छन् ।

राष्ट्रपति निर्वाचनमा संघीय सांसदहरुबाट भोट क्रस नहोस र भोट बदर नहोस भन्ने उद्देश्यले आठ दलको बैठकले अभिमुखिकार्यक्रम गर्ने निर्णय गरेको थियो ।

आजै राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले सबै सांसदहरुलाई पत्र लेखेर आफुलाई भोट दिन आग्रह गरेका छन् ।
आठ दलले २१ गते प्रदेशका सांसदहरुलाई अभिमुखिकरण प्रशिक्षण दिने कार्यक्रम राखेको छ ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा ८ दलबाट पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ३ : ०८ बजे

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा