२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

आम जनता पार्टीले रामचन्द्र पौडेललाई समर्थन गर्ने



काठमाडौं । आम जनता पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

आजपा प्रवक्ता चन्द्र भूषण साहले पौडेलको उम्मेदवारीलाई समर्थन गर्दै उनलाई मतदान गर्ने बताए । ‘राष्ट्रिय एकताको साझा प्रतीक बन्नी देश र जनताको सर्वोपरि हित बमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एवं विश्वास सहित जीतको अग्रिम बधाई एवं शुभकामना समेत व्यक्त गर्दछु,’ साहले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको चौथो राष्ट्रपति (राष्ट्राध्यक्ष) पदका लागि २५ फागुनमा मतदान हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ्ले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ८ : २७ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि