४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा स्थायी कमिटी बैठक जारी, विवादास्पद ‘एमसीसी’ बैठकको चौंथो एजेण्डा



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एजेण्डामा विषयमा सहमति भएसँगै स्थायी कमिटी बैठक सुरु भएको छ ।

दुई अध्यक्षबीच सहमति भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको हो ।

अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्प एमसीसीबारे तिब्र स्थायी कमिटी बैठकमा छलफल हुनेभएको छ ।

बैठकको सुरुमा दुवै अध्यक्षले समसामयिक विषयमा मन्तव्य राख्नेछन् । त्यसपछि सरकारको काम कारवाही बारे समीक्षा हुनेभएको छ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरेको प्रयास र उपचारका सम्बन्धमा छलफल हुनेछ भने सीमा समस्याका विषयमा पनि छलफल हुने एजेण्डा तय भएको छ ।

त्यसपछि पार्टी एकताको बाँकी रहेको कामको विषयमा छलफल हुनेछ ।

स्थायी कमिटीको चौंथो एजेण्डाको रुपमा एमसीसीलाई राखिएको छ । स्थायी कमिटी सदस्यहरुको मुख्य ध्यान यसपटक अन्य एजेण्डामा भन्दा एमसीसीमै केन्द्रित हुने बुझिएको छ ।

नेकपाभित्र एमसीसी जस्ताको तस्तै पास गर्नुपर्छ भन्ने प्रधानमन्त्री ओली पक्षधरको मान्यता रहेको छ भने एमसीसी पासै गर्नुहुन्न या संशोधनसहित पास गर्नुपर्छ भन्ने धारको नेतृत्व अध्यक्ष प्रचण्ड, माधकुमार नेपाल झलनाथ खनालहरुले गरिरहेका छन् ।

दुवै गुटका स्थायी कमिटी सदस्यहरुले एकले अर्कोको कमजोरी माथि प्रहार गर्दै आफ्नो विषयलाई राख्ने तयारी गरेका छन् ।
बैठकको अन्तिम एजेण्डामा विविध विषयलाई समेटिएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ११ : ५६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज