२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ निर्वाचित



भैरहवा । सिद्धार्थ उद्योग वणिज्य संघको ६४ औं साधारणसभा तथा अधिवेशनबाट ठाकुर कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन । १ हजार एक सय सात मतसहित श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

मतदान प्रक्रियाका लागि २ हजार १ सय ९३ जना मतदाता रहे पनि १ हजार ८ सय २८ मतदान भएको थियो । ४२० मतान्तरले विजयी बनेका श्रेष्ठको प्रतिद्वन्द्वीको रुपमा विजय पाण्डेले ६८७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिए ।

२९ पदका लागि ४६ जना उम्मेदवार रहे पनि केही पदबाहेक सबै पदमा मतदान भएको थियो । पदाधिकारी तर्फ  संघको वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य, वाणिज्य तर्फको उपाध्यक्षमा गोविन्द ज्ञवाली, उद्योग उपाध्यक्ष तर्फ दिलीप कुमार कान्दु,  महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी र सचिवमा मंगल भण्डारी निर्वाचित भएका छन् ।

कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल, सह कोषाध्यक्षमा संजय कुमार बेरीवाल, वाणिज्य महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने  र कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनका निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त गौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ३१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय