५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

‘बैध व्यापारले अबैध व्यवसायसँग प्रतिस्पर्धा गर्न असम्भव’



बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले खुला सिमाका कारण व्यवसायमा ठूलो असर परेको बन्दै केन्द्रिय स्तरबाट सिमा व्यवस्थापन गर्नुपर्ने बताएका छन ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै उद्योगी व्यवसायीहरुले अहिले को विषम परिस्थितीमा पनि सरकारले उद्योगी व्यवसायीलाई नजरअन्दाज गर्दै हेर्ने दृष्टिमा परिवर्तन नआएकोे बताए । उनीहरुले खुला सिमामका कारण भइरहेको अबैध कारोबारले नेपाली उद्योगी व्यवसायी संकटमा परेकोले  सिमा नाकालाई व्यवस्थित गर्दै सिमाबाट हुने अबैध व्यापारले सिमावारिका बजारका व्यवसायीहरुलाई पारेको प्रभावलाई  कम गर्ने गरी ठोस नीति अवलम्वन गर्नुपर्ने बताए ।

नियम पूर्वक भन्सार गरेर आएका सामानले अबैध समानसँग प्रतिस्पर्धा गर्न असम्भव भएकोले बेलहिया भन्सार नाकालगायत जिल्लाको प्रत्येक खुला सिमाना र नवलपरासी तथा कपिलवस्तु जिल्लाको सिमानाबाट समेत बढी संख्यात्मक मात्रामा अबैध सामान भित्रिदा एकातिर सीमा वारीका व्यवसाय शुन्य भएको र सरकारको राजश्व समेत कम उठेकोले यस्मा सरकार गम्भिर हुनु पर्ने बताए । सम्भावना देखेर राज्यले गरेको लगानी भन्दा बढि कयौँ गुणा लगानी निजी क्षेत्रले जोखिम मोलेर गरेपनि सरकारको उदासिनताका कारण निजी क्षेत्रको लगानी धरापमा पर्ने गरेको उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले केही समय आर्थिक अवस्थामा संकट परेकोले सधै यस्तै नरहने औल्याउदै उद्योगी व्यवसायी नआत्ति धैर्य गर्न आग्रह गरे । नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह आवश्यक रहेको बताउदै उद्योगी व्यवसायीको हकहितमा महासंघ लागिपर्ने भएकोले बैंकहरुले बचतमा ब्याजदर बढाएकै कारणले अहिलेको अवस्था आएकोले घटाउने तर्फ महासंघ लागेको बताए । हामीले पटक पटक बचतमा ब्यजदर नबढाउन माग गरिरहेका छौ । उनले भने ।

अहिले बैंकको ब्याज नतिर्ने भन्ने सन्देश जनस्तरमै गएको बताउदै उनले निजि क्षेत्र यसमा नलाग्न आग्रह गरे ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ८ : २८ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०