७ पुस २०८२, सोमबार | December 23, 2025

बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक



काठमाडौं । तत्कालिन नेकपा (माओवादी) का नेताहरुको बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विगतमा यौटै पार्टीमा रहेपनि हाल अलगअलग पार्टी बनाएका माओवादी धारका नेताहरु सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्ड विरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि तरंगित भएका सबै माओवादी घटका नेताहरु छलफलमा जुटेका हुन् । यसअघि दुईदिन पहिले शहीद तथा वेपता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उपस्थित नेताहरूले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको साझा मन्तव्य दिएका थिए ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेसपा अध्यक्ष बाबुराम भट्टराई, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, विप्लप नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड, नेकपा (बहुमत)का नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत सहभागी छन् ।

नेताहरुबीच पार्टी एकता वा कार्यगत एकताबारे छलफल भएको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ९ : २२ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत