१ चैत्र २०८२, आइतबार | March 15, 2026

बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक



काठमाडौं । तत्कालिन नेकपा (माओवादी) का नेताहरुको बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विगतमा यौटै पार्टीमा रहेपनि हाल अलगअलग पार्टी बनाएका माओवादी धारका नेताहरु सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्ड विरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि तरंगित भएका सबै माओवादी घटका नेताहरु छलफलमा जुटेका हुन् । यसअघि दुईदिन पहिले शहीद तथा वेपता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उपस्थित नेताहरूले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको साझा मन्तव्य दिएका थिए ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेसपा अध्यक्ष बाबुराम भट्टराई, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, विप्लप नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड, नेकपा (बहुमत)का नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत सहभागी छन् ।

नेताहरुबीच पार्टी एकता वा कार्यगत एकताबारे छलफल भएको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ९ : २२ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी