६ भदौ २०८३, शनिबार | August 22, 2026

आगलागीमा परेर रौतहटमा ६ महिने शिशुको ज्यान गयो



रौतहट । रौतहटको राजदेवी नगरपालिकामा भएको आगलागीमा पारेर ६ महिने शिशुको ज्यान गएको छ ।

मंगलबार साँझ राजदेवी नगरपालिका-४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा  भएको आगलागीमा परेर ६ महिने बालिकाको ज्यान गएको हो । छिमेका दुईसहित तीन वटा घर गोठ जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अचानक भएको आगलागीमा परेर सो घरमा  सुतिरहेकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु  हो । राउतको घरबाट छानाबाट सल्किएको आगोले छिमेकी रामकिसुन साह र सुजय साहको घर पनि जलेर नष्ट भएको छ ।

आगलागीबाट राउतको घर तथा अन्न लताकपडा गरी १ लाख तथा छिमेकीहरूको ५०-५० हजार गरी २ लाख भन्दा बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

सो घटना लगतै गौर नगरपालिकाबाट गएको वारुण यन्त्र, गाउँले तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ९ : ५६ बजे

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज