२० असार २०८३, शनिबार | July 4, 2026

फागुन २८ गतेदेखि तिलोत्तमामा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ तथा बोद्ध दर्शन प्रवचन



बुटवल । रुपन्देहीको तिलोत्तमामा फागुन २८ गतेदेखि श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ तथा बोद्ध दर्शन प्रवचन आयोजना हुने भएको छ ।

सिर्जनशिल संस्था नेपालको आयोजनामा व्यवारिसे तथा सडक बालबालिकाहरुको दिगो व्यवस्थापनका लागि भवन निर्माणार्थ तिलोत्तमा-९ मँगलापुरमा चैत्र २८ गतेसम्म महायज्ञ सञ्चालन हुने भएको हो ।

महायज्ञ सञ्चालनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको महयज्ञ सम्पादन समिति संयोजक रोममणी प्रसाद पाठकले जानकारी दिए । आचार्य ओमप्रकास सुवेदीबाट महायज्ञमा प्रवचनक कार्यक्रम रहेको उनले बताए । यसैगरी बोद्ध गुरु भिक्षु ज्ञानेन्द्र स्थविर “सद्धम्भ कोविद” ले बोद्ध दर्शन बारे प्रवचन दिने कार्यक्रम रहेको छ ।

यज्ञ सम्पादनका लागि करिब ५ सय सदस्यीय मुल आयोजक समिति तथा १३ वटा विभिन्न उपसमिति गठन गरिएको उनले बताए ।

२०५४ सालमा स्थापना भएको सिर्जनशिल संस्थाले बालबालिका तथा महिला उत्थानको क्षेत्रमा काम गर्दै आएको छ । महिलाहरुले सञ्चालन गर्दै आएको यस संस्थामा ३५ जना महिला आजीवन सदस्य तथा ३ जना पुरुषहरु आजीवन सदस्का रुपमा रहेको संस्थाकी अध्यक्ष प्रतिमा शर्माले बताईन । संस्थाले हालसम्म १९७ जना सडक बालबालिकाको उद्दार गरिसकेको उनले बताइन । उद्दार गरिएका मध्ये १३ जना बालबालिकाहरुलाई दिगो बिकासका लागि नेपाल सरकारलाई जिम्मा लगाइएको तथा १३० जनालाई परिवारसँग पुनः मिलन गराइएको उनले बताइन । यसैगरि २६ जनालाई जीविको पार्जन सीम सिकाई व्यवस्थापन गरिएको अध्यक्ष  शर्माले बताइन् । यस्तै १८ जना बालबालिकालाई संस्थाले व्यवस्थापन गरिरहेको छ ।

तिलोत्तमा नगरपालिकाले वडा नम्बर ७ मा उपलब्ध गराएको २ कठ्ठा जमिनमा भवन निर्माण गर्न लागिएको हो । सभाहलसहित १२ कोठामा बन्ने भवनका लागि ८१ लाख खर्च अनुमान गरिएको संस्थाकी कार्यक्रम सम्पादन तथा व्यवस्थापन निर्देशक प्रतिमा पन्तले जानकारी दिइन् । महाज्ञबाट करिब २ करोड अर्थ संकलन गर्ने लक्ष्य राखिएको उनले बताइन । यज्ञ सम्पादनका लागि १५ लाख खर्च अनुमान गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १२ : ११ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी