६ पुस २०८२, आइतबार | December 21, 2025

२८ गते पत्रकार सम्मेलन, ३० गते अन्तर्क्रिया गर्ने माओवादी घटकहरुको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रसहितका माओवादी घटकहरुले द्वन्द्वकालीन घटनाको विषयमा पत्रकार सम्मेलन र संयुक्त अन्तर्क्रिया गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको माओवादी धारका दलहरुको बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तर्क्रिया गर्ने निर्णय गरेको हो ।

बैठकले शान्ति प्रक्रिया विरुद्ध विभिन्न षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध दवावमुलक कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा माओवादी केन्द्रसहित, नेकपा, नेसपा, नेकपा (माओवादी क्रान्तिकारी), नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा (माओवादी समाजवादी)का नेताहरू सहभागी थिए ।

द्वन्द्वकालको घटनाका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि सबै माओवादी घटकहरु एक ठाउँमा भेला भएका हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : ३४ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम