२१ मंसिर २०८२, आइतबार | December 7, 2025

जनताको शान्ति शुरक्षामा कुनै कसर बाँकी रहदैन : प्रहरी निरिक्षक पौडेल



बुटवल । वडा प्रहरी कार्यालय रामनगर, बुटवलका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले जनताको शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।

हालै अर्घाखाँचीबाट सरुवा भई बुटवल आएका पौडेलले शुक्रबार पत्रकारहरुसँग परिचात्मक कार्यक्रममा बोल्दै जनताको शान्ति सुरक्षाको प्रत्याभूति र गलत कार्यको रोकथाम गर्नु प्रहरीको मुख्य काम भएको भन्दै सबै मिलेर शान्ति सुरक्षा कायम गर्ने जनाएका हुन ।

गलत कामहरु रोक्न सुचना लिने दिने कुरामा सबै पक्षको सहयोग जरुरी रहेको उनको भनाई छ । वडा प्रहरी कार्यालय माताहातका प्रहरी कर्मचारीहरुलाई चुस्त दुरुत राख्ने जनताको सेवालाई छिटो छरितो बनाउने कुरामा आफु सधैं लागिपर्ने बताए ।

सञ्चारकर्मीहरुले रात्रीकालिन बजार व्यवस्थापन, झैंझगडा व्यवस्थापन, लगायतका विषयमा प्रहरी प्रशासन सधै चनाखो बन्नुपर्ने सुझाव दिएका थिए ।

खुल्ला सिमानाका कारण नेपाल भित्रने अवैध लागुऔषध तस्करीका सामान आसपासमा हुने अनैतिक क्रियाकलाप नियन्त्रणमा विशेष निगरानी गर्नुपर्ने सुझाव सञ्चारकर्मीहरुको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : ३३ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन