काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिए ।
बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ ।
जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरिसकेको छ । निर्वाचन आयोगले पुरुष उम्मेदवारलाई उम्मेदवारी दर्ता गर्न नदिए महिलाको समेत उम्मेदवारी दिने तयारी गर्न जसपाले बैठक बोलाएको हो ।
त्यसैगरी सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले केन्द्रीय सदस्य ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने शुक्रबार निर्णय गरेको छ ।



















प्रतिक्रिया