२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने



काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने भएको छ ।

राष्ट्रपति उपराष्ट्रपति निर्वाचनका लागि गठित निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको हो ।

राष्ट्रपतिमा खसआर्य पुरुष निर्वाचित भैसकेका कारण उपराष्ट्रपतिमा महिला मात्र उम्मेदवार हुनुपर्ने दाबी गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका उम्मेदवार ममता झाले उजुरी दिएका थिए।

निर्वाचन अधिकृतको कार्यालयले भने संविधानको व्यवस्थाअनुसार महिला नै हुनुपर्ने नभएको भन्दै यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने निर्णय गरेको हो । ‘रामसहाय यादवको उम्मेदवारी बदर भएन, चारैजनाको उम्मेदवारी कायमै रह्यो,’ सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले भनिन ।

यसअघि यादवले आफूविरुद्ध परेको उजुरीमा आजै बिहान जवाफ दिएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरेको हो । आजै साँझ ५ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १२ : ३० बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि