५ चैत्र २०८२, बिहिबार | March 19, 2026

शिक्षकले स्थानीय भाषा नजाँदा सिकाइमा समस्या



भैरहवा । मर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पाए । स्थानीय भाषाको ‘डेहरी’ नै भकारी हो भन्ने जान्न उनलाई लामो समय लाग्यो ।

हरिजनले नेपाली भाषा बुझ्न समस्या भए जस्तै विद्यालयका शिक्षक सोमबहादुर गुरुङलाई पढाउने क्रममा कैयन विषय विद्यार्थीलाई बुझाउन सकस हुन्छ । भोजपुरी भाषामा राम्रो पकड नभएका उनी जस्ता शिक्षकलाई कतिपय अवस्थामा अन्य भोजपुरी भाषीको साहरा लिनुपर्छ ।

रूपन्देहीको दक्षिणी क्षेत्रका धेरै जसो विद्यालयमा यो समस्या अहिले पनि छ । नेपाली भाषी शिक्षकले भोजपुरी तथा अन्य भाषीका विद्यार्थीलाई पुस्तकमा भएका विषय राम्रो बुझाउन भाषा बाधक बन्ने गरेको छ । जसले सिकाइ प्रभावकारी हुन नसकेकोमा उनीहरुको चिन्ता छ ।

“सबै विद्यार्थीले नेपाली भाषा राम्रोसँग बुझ्नुहुन्न, हामीलाई उहाँहरुले बोल्ने भाषा राम्रोसँग आउँदैन”, उनले भने, “कतिपय यस्ता विषय हुन्छन् जुन आफ्नै भाषामा बुझ्न सजिलो हुन्छ तर हामीले उहाँहरुको भाषामा भाव आउने गरी बुझाउन सक्दैनौँ ।” उनी माध्यमिक तहको सीप परीक्षणमा स्थानीय भाषासम्बन्धी मूल्याङ्कन गर्नुपर्ने सुझाव दिन्छन ।

यस क्षेत्रमा विद्यालयमा अधिकांश विद्यार्थीहरु भोजपुरी र अवधि भाषा बोल्छन् । उनीहरु नेपाली भाषामा सिक्न गाह्रो मान्छन् । यस्तो अवस्थामा उनीहरुलाई उनीहरुकै भाषामा पढाउने शिक्षकको कमी हुँदा सिकाइ प्रभावकारी हुन नसकेको गुरुङको भनाइ छ ।

“शिक्षामा भाषाको प्रयोग महत्वपूर्ण हुन्छ । प्रभावकारी सिकाइका लागि मातृभाषाको प्रयोग राम्रो हुन्छ”, उनले भने, “यहाँका विद्यार्थी घरबाट विद्यालय पुगेर घर फर्कदासम्म कम्तीमा तीनवटा भाषा प्रयोग गर्नुपर्ने अवस्था छ ।”

असुरैना माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष जैस मोहम्मद खाँन सम्भव भएसम्म घरकै भाषा सिकाउनुपर्ने बताउछन । “विद्यार्थीले घरमा सिकेको भाषालाई विद्यालयले बाधक मान्न हुँदैन”, उनले भने, “उसले घरमा सिकेको भाषालाई जग मानेर पनि सिकाउन सक्नुपर्छ ।”

रुपन्देहीकै बगहा माध्यमिक विद्यालयका शिक्षक रामदेव बरईले विद्यालयमा नेपाली भाषालाई दोस्रो भाषाका रूपमा अध्यापन गराउँदै आइएको बताउछन । उनले विद्यालयमा विद्यार्थीलाई सुरुमा नेपालीमै पढाउने र अप्ठ्यारा शब्दलाई भोजपुरीमा उल्था गरी पढाउने अभ्यास अपनाइएको जानकारी दिए । “अझ अङ्ग्रेजी विषय त झन कठिन छ”, उहाँले भन्नुभयो “अङ्ग्रेजी पढाउँदा सुरुमा अङ्ग्रेजी-नेपाली हुँदै भोजपुरीमा बुझाउनुपर्छ ।”

विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीलाई भोजपुरीमा उल्था गरेर पढाउने विधि अपनाइएको छ । आधारभूत तहमा मातृभाषामै अध्ययन अध्यापन गराउने अधिकार स्थानीय तहलाई भए पनि रुपन्देहीका अधिकांश स्थानीय तहमा यो व्यवस्था लागू हुनसकेको छैन । प्राथमिक तहसम्म मातृभाषामा अध्ययन गर्न पाउने व्यवस्था रहे पनि सो अनुसारको पाठ्यपुस्तक उपलब्ध नभएकाले बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउँछन् ।

मातृभाषा भोजपुरी भएका शिक्षकलाई समस्या नभए पनि यस्ता शिक्षकको सङ्ख्या कम भएको असुरैना माध्यमिक विद्यालयका शिक्षक शेषनाथ कुर्मीको भनाइ छ । “शिक्षकमा स्थानीय भाषाको ज्ञान छैन, विद्यार्थी पूर्णरुपमा नेपाली भाषा बुझ्न नसक्दा कहिलेकाँही समस्या हुन्छ”, उनले भने ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ५ : ३० बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर