६ पुस २०८२, आइतबार | December 21, 2025

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम



नेपालगन्ज । बाँकेका विभिन्न वनमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालिएको छ । विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको हो ।

वन सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरीले वन जङ्गल डढेलोका कारण मासिँदै जाने र अक्सिजनका लागि अस्पताल पुग्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरे ।

सरकारको सम्पत्तिको रुपमा रहेको वन क्षेत्रमा पुराना रुख र नयाँ बिरुवाको संरक्षण गर्ने प्रमुख दायित्व स्थानीय वन उपभोक्ता तथा स्थानीय सरोकारवालाको भएको उल्लेख गर्दै मन्त्री चौधरीले वातावरण परिवर्तन हुनबाट जोगाउन शून्य वन डढेलो अभियानलाई सप्ताहव्यापी रुपमा मनाउन लागिएको जानकारी दिए ।

हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रुपमा मनाइँदै आएको छ । वन डढेलो नियन्त्रणमा वन उपभोक्ता समूहको नै अग्रणी भूमिका रहने उनको भनाइ छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरे, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, राप्ति सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णलगायतले वन डढेलोबाट जोगाउन सबैले सतर्कता अपनाउन आवश्यक भएको बताए ।

बाँकेमा नरैनापुर, राप्तीसोनारी, डुडुवालगायतका वनमा धेरै डढेलो लाग्ने गरेको जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेशबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ८ : १५ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र