८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रधानमन्त्री प्रचण्डले दिए नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले आज सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिएका हुन् । “नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय रामसहायप्रसाद यादवलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु”, प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उनी आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य बोहरा र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित भएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका यादवलाई जनता समाजवादी पार्टी (जसपा) नेपालसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत सत्तागठबन्धन दलहरूको साथ थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ५४ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक