२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

समीक्षा अधिकारीको ‘डाँडै पिपल’मा सुधिर र आरुषीको रोमान्स



काठमाडौं। गायिका समीक्षा अधिकारी र गायक झलक पुनको ‘डाँडै पिपल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।  गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको  डाँडै पिपलमा एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा  मोडलद्वय सुधिर श्रेष्ठ र आरुषी मगरको अभिनय छ । लोकशैलीको रोमान्टिक गीतमा एक जोडीको सफल प्रेम कहानीलाई देखाइएको छ । जसमा सुधिर र आरुषी गज्जबसँग खुलेका छन् ।

म्याग्दीको बरंजामा जन्मे हुर्केका गायक झलकले चौबन्दी चोली बोलको गीतबाट गायन यात्रा सुरु गरेका हुन् । अध्ययनको शिलशिलामा  काठमाडौँ आएर अध्ययनसँगसँगै गीत संगीतमा पनि लागेका झलक हाल अष्ट्रेलियामा छन् ।

उनका मगरको छोरो सालैजो भाका, झरी परेको त्यो दिन पप, लगायत अन्य गीतका भिडियोहरु बजारमा आइसकेका छन् । सार्वजनिक डाँडै पिपलमा नवराज उप्रेती छायांकन, नबिन घर्तीमगरको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो झलक पुन युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १० : ११ बजे

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व