१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जनसांस्कृतिककर्मी सम्मानित



काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय समितिले २५औँ सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर चार सांस्कृतिककर्मीलाई सम्मान गरेको छ ।

जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय समितिको आयोजना तथा नेकपा (माओवादी केन्द्र) पाँचखाल नगर कमिटीको समन्वयमा आज काभ्रेपलाञ्चोकको सहिदभूमि अनैकोटमा आयोजना गरेको ‘सांस्कृतिक प्रतिरोध दिवस तथा जनसांस्कृतिक सम्मान’ कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा नेपाली प्रगतिशील सांस्कृतिक क्षेत्रमा विगत लामो समयदेखि योगदान गर्दै आएका वसन्त बाराकोटी, गायन क्षेत्रबाट माया बोहोरा, ललितकला क्षेत्रबाट मानबहादुर दोङ, चलचित्र क्षेत्रबाट राजु केसी र नाट्य क्षेत्रबाट जीवन थापा रहेका छन् । उनीहरुलाई नगद रु १५ हजारसहित सम्मानपत्रद्वारा समान गरिएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य रुक्कु चौलागाईंले जनयुद्धको क्रममा सहादत भएका सहिदले देखाएको बाटोमा पार्टीले निरन्तर रुपमा आफ्नो गतिविधिलाई अगाडि बढाइरहेको बताए । सहिद, बेपत्ता परिवार, अपाङ्गता भएका र आम उत्पीडित वर्ग समुदायको साझा आन्दोलनबाट आजको व्यवस्था प्राप्त भएको उल्लेख गर्दै उनले अहिलेसम्मको प्राप्त उपलब्धिको रक्षा र विकासका लागि पार्टी र जनप्रतिनिधिका तर्फबाट काम गरिरहेको उल्लेख गरे ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बेपत्ता परिवारका सदस्य गङ्गा पराजुलीले देशमा अझै पनि थुप्रै सांस्कृतिक विचलन रहेको भन्दै जनकलाकारको माध्यमबाट नयाँ संस्कार र संस्कति सिकाउन आवश्यक रहेको बताइन् । उनले सहिद र बेपत्ता परिवारलाई पार्टीले सधैँ उच्च सम्मान गर्न आग्रह गरिन् ।

माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले माओवादीले सञ्चालन गरेको जनयुद्धको जगबाट अहिलेको व्यवस्था स्थापित भएको स्पष्ट पारे ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १० : ३६ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा