२० भदौ २०८३, शनिबार | September 5, 2026

जनसांस्कृतिककर्मी सम्मानित



काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय समितिले २५औँ सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर चार सांस्कृतिककर्मीलाई सम्मान गरेको छ ।

जनसांस्कृतिक महासङ्घ नेपाल केन्द्रीय समितिको आयोजना तथा नेकपा (माओवादी केन्द्र) पाँचखाल नगर कमिटीको समन्वयमा आज काभ्रेपलाञ्चोकको सहिदभूमि अनैकोटमा आयोजना गरेको ‘सांस्कृतिक प्रतिरोध दिवस तथा जनसांस्कृतिक सम्मान’ कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा नेपाली प्रगतिशील सांस्कृतिक क्षेत्रमा विगत लामो समयदेखि योगदान गर्दै आएका वसन्त बाराकोटी, गायन क्षेत्रबाट माया बोहोरा, ललितकला क्षेत्रबाट मानबहादुर दोङ, चलचित्र क्षेत्रबाट राजु केसी र नाट्य क्षेत्रबाट जीवन थापा रहेका छन् । उनीहरुलाई नगद रु १५ हजारसहित सम्मानपत्रद्वारा समान गरिएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य रुक्कु चौलागाईंले जनयुद्धको क्रममा सहादत भएका सहिदले देखाएको बाटोमा पार्टीले निरन्तर रुपमा आफ्नो गतिविधिलाई अगाडि बढाइरहेको बताए । सहिद, बेपत्ता परिवार, अपाङ्गता भएका र आम उत्पीडित वर्ग समुदायको साझा आन्दोलनबाट आजको व्यवस्था प्राप्त भएको उल्लेख गर्दै उनले अहिलेसम्मको प्राप्त उपलब्धिको रक्षा र विकासका लागि पार्टी र जनप्रतिनिधिका तर्फबाट काम गरिरहेको उल्लेख गरे ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बेपत्ता परिवारका सदस्य गङ्गा पराजुलीले देशमा अझै पनि थुप्रै सांस्कृतिक विचलन रहेको भन्दै जनकलाकारको माध्यमबाट नयाँ संस्कार र संस्कति सिकाउन आवश्यक रहेको बताइन् । उनले सहिद र बेपत्ता परिवारलाई पार्टीले सधैँ उच्च सम्मान गर्न आग्रह गरिन् ।

माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले माओवादीले सञ्चालन गरेको जनयुद्धको जगबाट अहिलेको व्यवस्था स्थापित भएको स्पष्ट पारे ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १० : ३६ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी