२९ असार २०८३, सोमबार | July 13, 2026

ललितपुरले लियो ‘महाराज’ नामक पाटेबाघको बार्षिक आहाराको जिम्मा



काठमाडौं । सदर चिडियाखाना जावलाखेलमा रहेको एउटा पाटेबाघको आहार व्यवस्थापनको जिम्मेवारी ललितपुर महानगरपालिकाले लिएको छ ।

महानगर प्रमुख चिरीबाबु महर्जनले पाटेबाघको आहार व्यवस्थापनका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । आइतबार महानगर र सदर चिडियाखाना जावलाखेलबीच समझदारी पत्रमा हस्ताक्षर गरी सो चेक हस्तान्तरण गरेका छन् ।

महानगरले ५ वटा मध्ये ‘महाराजा’ नामक पाटेबाघको आहार ब्यवस्थापनको जिम्मा लिएको हो, जसलाई दैनिक ६ केजी मासु व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसअघि पनि महानगरले कोभिड-१९ संक्रमण अवधिमा वन्यजन्तु तथा पन्छीको आहार व्यवस्थापनका लागि १० लाख रुपैयाँ सहयोग गरेको थियो ।

सदर चिडियाखानामा रहेका ५ सय भन्दा बढी जनावर तथा पन्छीको आहार ब्यवस्थापनमा वार्षिक करिब ४ करोड रुपैयाँ खर्च लाग्ने चिडियाखाना प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : ४८ बजे

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको