४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रदेश ५ मा माछामासुमा कालोबजारी, बाँकेमा प्रशासनको हस्तक्षेप अन्य जिल्लामा लुट



बुटवल। चैत ११ गतेबाट जारी गरेको लकडाउन सरकारले असार १ गतेबाट खुकुलो बनाएको छ । झण्डै २ महिना कडा बनाईएको अवधिमा परेको घाटा असुल गर्न लकडाउन खुकुलो बनाएसँगै कतिपय व्यवसायी आफुखुसी मुल्य लगाएर उपभोक्ताको ढाड सेक्ने कर्ममा लागेका छन् ।

झण्डै २ महिनामा भएको घाटा पुर्ति हुने गरी प्रदेश नम्बर ५ को रुपन्देही, बाँके लगायतका जिल्लामा कुखुरा व्यवसायीले कुखुराको मुल्यमा कालो बजारी गरिरहेकाछन् ।

व्यवसायी संघले आफु खुसी मुल्य निर्धारण गरेर कुखुराको मासु, अण्डा र ज्युदो कुखुराको बिक्रि वितरण भैरहेको छ ।

लकडाउन पुर्व २८० देखि ३२० रुपैयाँ प्रति केजी ब्वाईलर कुखुराको मासु बिक्रि भइरहेकोमा बजारमा यतिबेला कुखुराको मासुको मुल्य ४५० पु¥याईएको छ भने २४० प्रति केरेट अण्डाको मुल्य ३६० पु¥याईएको छ । खसीको मासु ७०० देखि ८०० बाट बढाएर १००० देखि ११०० बनाईएको छ ।

व्यवसायीले आफुखुसी मुल्य निर्धारण गरेर कालोबजारी गरेपछि बाँकेमा भने प्रशासनले बजार मुल्यमा हस्तक्षेप गरेको छ । व्यवसायीले तोकेको मुल्यमा प्रशासनले हस्तक्षेप गर्दै बाँकेमा खसीको मासु प्रति केजी अधिकतम ८००, ब्वाईलर कुखुराको मुल्य अधिकतम ३५० प्रति केजी कायम गरिएको छ ।

तोकिएको मुल्य भन्दा बढीमा बिक्रि बितरण गरिएमा कालोबजारी ऐन अनुसार कारवाही गरिने बांकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

बाँकेमा प्रशासनको हस्तक्षेपमा मुल्य नियन्त्रण भएपनि रुपन्देहीमा भने मासु व्यवसायीले कालो बजारी गर्न छाडेका छैनन् । पसलमा खुल्लेआम मुल्यसुचि टाँसेर लकडाउन पुर्व भन्दा झण्डै ८० प्रतिशत मुल्य वृद्धि गर्दा पनि प्रशासनले बजार अनुगमन समेत गरेको छैन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले कसैको उजुरी नआएकाले त्यसतर्फ प्रशासनको ध्यान नगएको बताउँदै बजार अनुगमन गरिने बताए । खबरकुरासँग कुरा गर्दै उनले भने, ‘मासुको मुल्य बिषयमा उजुरी नआएर हो, अव हामी तुरुन्तै हेर्छौं ।’

यद्यपी, लकडाउन खुकुलो बनाइरहँदा सरकारले माछामासु, मदिरा, रेष्टुरेण्ट, बार [मदिरालय]लाई अत्यावश्यक वस्तुमा राखेको छैन । राज्यले अत्यावश्यक वस्तु नभने पनि मदिरा माछामासु लगायतमा पसलहरु बिना रोकतोक खुलिरहेकाछन् ।

बजारमा व्यवसायीले आफुखुसी मुल्य आकाशमा पु(याउँदा पनि राज्यसंयन्त्रले मौनता साँधेर
बसेको देखिएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ९ : १३ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ