२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

नाइजेरियामा सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा



अबुजा । नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ । नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानमा देखाइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोषले सो कुराको जानकारी दिएको हो । सो कोषले सोमबार प्रकाशन गरेको एक प्रतिवेदनमा यहाँ पानीजन्य सङ्क्रमणको खतरा बढी देखिएको र यहाँका ठूलो सङ्ख्याका नागरिक यसबाट सङ्क्रमित हुने खतरा रहेको पाइएको बताइएको छ ।

बालकोषले यहाँ शुद्ध र सफा पिउने पानी, सौचालय, सरसफाई र खानामा लगानी गर्नुपर्ने सुझाव नाइजेरिया सरकारलाई दिएको छ । यस्तो जोखिममा रहेका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिएर सरसफाई र खानेपानीका क्षेत्रमा आवश्यक मात्रामा लगानी गर्न र बालबालिकाको स्वास्थ्यमा आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन पनि आग्रह गरिएको छ ।

देशमा आवश्यक मात्रामा पिउने शुद्ध पानी, चर्पी, स्वस्थ वातावरणको अभावका कारण यहाँका करिब एक तिहाइ बालबालिका स्वास्थ्य जोखिममा परेका युनिसेफले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १ : ५२ बजे

एमाले संसदीय दलको बैठक नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ

अवैध रुपमा बोकिएको मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका-८ स्थित तिनकुने सीमा ईलाकाबाट

बिहीबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

काठमाडौं । बिहीबारदेखि ४ दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार,