भैरहवा । भैरहवा बहुमुखी क्याम्पसमा हुन गईरहेको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
पुर्वनिर्धारित तालिका चैत्र ५ गते भएता पनि विद्यार्थिहरु र निर्वाचन आयोगको विवादका कारण तीन दिनपछि निर्वाचन हुन गईरहेको छ ।
स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थि संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सिंगल प्यानल सहित चुनावी प्रतिस्पर्धामा होमिएका छन ।
चैत्र ५ गते निर्वाचन भएका देशभरका क्याम्पसमा अधिकांशमा प्यानल सहित निर्वाचन जितेको अनेरास्ववियुले सागर न्यौपानेको अध्यक्षतामा निर्वाचनमा होमिदा थप हौसिएको छ ।
सागर न्यौपानेको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भिम भन्डारीले आफ्नो उम्मेदवारी निस्क्रीय पार्दै अनेरास्ववियुलाई समर्थन गरी चुनावी प्रचारमा लागेपछि न्यौपाने झन बलियो उम्मेदवार बनेका हुन् ।
यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थि संगठन राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थि संगठन र नेकपा माओवादी पार्टि निकटको विद्यार्थि संगठन (अखिल क्रान्तिकारी) को संयुक्त प्यानलको अध्यक्ष मनिष ढकालले प्रतिसपर्धा गर्दैछन ।
अर्का उम्मेदवार अनुप
द्वीवेदीलाई जनमत पाटि निकटको विद्यार्थि जनमत संघ, जसपा निकटको समाजवादी विद्यार्थि युनियन र स्वतन्त्र मधेशी युनियनले समर्थन गरेको छ भने देवानलाई लोसपा निकटको लोकतान्त्रीक विद्यार्थि संघ र नेपाली कांग्रेस निकटको नेविसंघले समर्थन गरेको छ ।
यसैगरी अध्यक्षमा नेकपा एस निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियनका अजय भण्डारी, नेकपा माओवादी विप्लप निकटको अनेरास्ववियु क्रान्तिकारीको उमेश यादव, स्वतन्त्र उम्मेदवार अनिल कुमार भुजलले पनि अध्यक्षमा प्रतिस्पर्धा गदैछन् ।
बिहान ८ बजेदेखि शुरु हुने निर्वाचनमा क्याम्पसको परिचयपत्र अनिवार्य रुपमा साथमा लिई आउने विद्यार्थिलाई निर्वाचनमा सहभागी गराईने मुख्य निर्वाचन आयुक्त इन्द्र बहादुर विश्वकर्माले बताए ।
विक्रम सम्वत २०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशकै महत्वपुर्ण र पुरानो क्याम्पसको रुपमा परिचित रहेको छ ।



















प्रतिक्रिया