४ पुस २०८२, शुक्रबार | December 19, 2025

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र



काठमाडौं । चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ । चलचित्र ‘आमा’ को लागि उनले केश मुण्डन (कपाल खौरिएको) गरेकी थिइन । एउटा पात्रको लागि यस्तो मेहनत गर्ने नेपाली कलाकारको सङ्ख्या न्यून छ । पात्रमा बाँचेपछि त्यसको भोगाइलाई पनि अपनाउनुपर्नेछ ।

“मैले काम गर्दा पात्रको सुख र दुःख दुवैलाई महसुस गर्ने गरेकीछु”, अभिनेत्री पन्तले भनिन, “ म विधिमार्फत पात्रमा बाँच्ने कोसिश गर्छु ।” यसै महिना अभिनेत्री पन्तको दुई चलचित्र ‘बहाव’ र ‘बुलाकी’ प्रदर्शन हुँदैछ । बुधबार आयोजित पत्रकार भेटघाटमा अभिनेत्री पन्तले दुवै कलाकात्मक दृष्टिकोणले बनाइएको व्यावसायिक चलचित्र रहेको जानकारी दिइन । “बहावमा प्रेमी र विद्रोहीको चरित्रमा अभिनय छ । कलात्मक शैलीमा यसको निर्माण गरिएको छ । बुलाकी भने ग्रामीण भेगको महिलाको कथा हो”, अभिनेत्री पन्तले भनिन ।

बहावको छायाङ्कनमा उनी सुगासँग नजिकिएकी छिन । उनले भनिन, “कार्यशालादेखि नै सुगासँग भए । एक पटक मैले उसलाई निस्की भनेर पिँजडाको ढोका खोल्दा नि निस्किएन । म अन्योल भएँ र डराएँ । यही भावनालाई कलात्मक शैलीमा चलचित्र बहावमा देखाइएको छ ।” एकसाताकै अन्तरालमा उनको दुई चलचित्र प्रदर्शन हुँदैछन् ।

“नेपालमा प्रदर्शनको लागि कठिन नै छ जस्तो लाग्छ किनकी योजना गरिएभन्दा पनि वितरकसँगकै सल्लाहमा तय हुन्छ”, अभिनेत्री पन्तले भनिन । त्यसो त एउटै कलाकारकै दुई चलचित्र बैशाख १ मा प्रदर्शन हुँदैछ । अभिनेता दयाहाङ राई अभिनित बिहे पास र जारीसँगै प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ६ : २५ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता