१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

देउडा अभिनयमा जम्दै ‘झरना’



महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् । उनको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो । सानैदेखि देउडा गुनगुनाउने उनी पछि अभिनयमा लागिन् । देउडासँगै आधुनिक गीतमा समेत बोहराले अभिनय गर्दै आएकी छन् ।

नृत्य एकदमै राम्रो भएका कारण बोहरालाई कर्णालीको जुम्लादेखि भारतको बैंग्लोरसम्म निम्तो आइरहन्छ । सुदूरपश्चिमकी चल्तीकी कलाकार बोहराको माग यहाँका नौवटै जिल्लामा हुने मेला महोत्सवमा अझ बढी छ । “प्रायः गीतको अभिनयमै बढी समय दिने गरेकी छु”, बोहराले भनिन्, “पछिल्लो समय स्टेज कार्यक्रममा नृत्यका लागि बोलाउने क्रम बढेको छ ।”

सुदूरपश्चिमका देउडा तथा आधुनिक गीत गरेर बोहराले तीन सयभन्दा बढीमा अभिनय गरिसकेकी छन् । सुदूरपश्चिमेलीहरूले देउडा कार्यक्रममा भारतमा समेत बोलाउने गरेका छन् । “सानैदेखि विद्यालयमा हुने हरेक कार्यक्रममा नृत्यका लागि अग्रसर नै हुन्थेँ”, उनले भनिन्, “पारिवारिक साथ सहयोगले नै कलाकारिता क्षेत्रमा अवसरको खोजी गर्दै हिँड्ने मौका पाएँ ।”

हाल स्नातक तहमा अध्ययनरत बोहराले कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटमा बस्दै आएकी छन् । उनले अभिनय क्षेत्रमा लाग्ने प्रेरणा काका शेरबहादुर बोहराबाट पाएकी हुन् । “उहाँले नै अभिनयका लागि काठमाडौँ पठाउनुभयो”, उनले विगत सुनाइन् । पारिवारिक अवस्था सामान्य भएकी बोहरा अहिले अभिनय र स्टेज कार्यक्रमबाट पाएको पारिश्रमिकबाट नै खर्च टरेको बताउँछिन् । “कलाकारितामा सुदूरपश्चिमका महिला न्यून छन्, यसमा लाग्नेप्रतिको दृष्टिकोण पनि ठिक छैन”, बोहराले भनिन् “अग्रज कलाकार एवं सृष्टाको अभिभाकत्वले यसका निरन्तरता दिएकी छु ।”

आफ्नो रहनसहन, कला, संस्कृति, रीतिरिवाज र वेषभूषासहितको देउडा गीतमा अभियन गर्न सहज भएको बोहराको भनाइ छ । उनले भनिन् , “सिक्न कुनै पाठशालामा गएकी छैन, आफ्नै प्रयासले अभिनय क्षेत्रमा छु ।” अभिनय गर्न बोहरालाई सुदूर र कर्णाली प्रदेशमा हुने मेला–महोत्सवमा राम्रै पारिश्रमिक दिएर बोलाउने गरिएको छ । सुदूरका सबै जिल्लाका साथै कर्णाली प्रदेश र भारतका विभिन्न सहरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा सहभागी भएको बोहरा बताउँछिन् । सुदूरपश्चिमेली रोजगारीका लागि जता गए पनि आफ्नो कला, संस्कृतिप्रति धेरै लगाव रहेको आफूले पाएको उनको भनाइ छ ।

“रोजगारीका लागि भारत पस्नेहरु देउडासहितको म्युजिक भिडियो बनाउन निकै तल्लीन भएका पाए”, उनले भनिन्, “म स्टाफ नर्स बन्न चाहन्थे, तर अभिनयमै रमाएँ ।” सामाजिक सञ्जाल टिकटकमार्फत पनि उनले डोटेली भाषामा साहित्यिक प्रस्तुतिसमेत राख्दै आएकी छन् ।

बोहराका ‘सुवा क्या न रिस्सी’, इजु बोलका देउडा गीतको अभिनय धेरैले मन पराएका छन् । उनले भनिन्, “सुदूरपश्चिमको भाषामा अरुले पनि परिचय बनाए पनि टिकटकमा ‘अछामी’ भाषामा सुदूरपश्चिमको साहित्य पस्किने काम मैले नै गरेकी हुँ ।”

पछिल्लो समय सुदूरपश्चिममा पनि महिला मोडल तथा नृत्याङ्गनाले आफ्नो प्रतिभा देखाइरहेको देउडा गायक लालबहादुर धामी (अछामी बड्डो)को भनाइ छ । “देउडाले सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ”, उनले भनिन् । कञ्चनपुर लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका गायक धामीले भने, “पहिलाभन्दा हाल सुदूरपश्चिमको लोक देउडाको अभिनयमा नयाँ पुस्ता कस्सिएर लागेको छ ।”

एक दशकअघि सुदूरपश्चिमको कलाकारिता क्षेत्रमा महिलालाई लाग्न निकै सकस थियो । “पहिला प्रतिभा खोज्नुपथ्र्यो, अहिले युवापुस्ता आफै आउने गरेको छ”, गायक धामी भन्छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १२ : १३ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज