२४ बैशाख २०८१, सोमबार | May 6, 2024

थप ५५४ जनामा कोरोना संक्रमण देखियो, हालसम्म १२,३०९ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै ७७ वटै जिल्लामा गरी संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । जसमध्ये १ हजार ३७९ महिला र १० हजार ९४० पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा १८ महिला र ११८ पुरुष सहित १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ।

शनिबार पीपीआर विधिबाट ४ हजार ६ सय ६ गरी आजसम्म २ लाख १० हजार ८ सय ७६ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ हजार ६ सय ८५ गरी आजसम्म २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ । अहिले क्वारेन्टिनमा ६५ हजार ७ सय १२ जना रहेका छन् ।

यस्तै ९ हजार ४ सय ४७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । शनिबार १ सय ३६ गरी आजसम्म आजसम्म २ हजार ८ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षिय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

फोक्सोको क्यान्सरका विरामी उनी भारतमा उपचार गराउँदै आएका थिए । केही समयअघि चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका तीन पुरुषमा असार ११ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

आइसोलेसनमा उपचारकै क्रममा उनको शनिबार विहान मृत्यु भएको हो । नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ४ : २८ बजे

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला