४ पुस २०८२, शुक्रबार | December 19, 2025

सोलार फार्म ग्रुपले लियो झापामा नयाँ फार्म, ६ महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य



काठमाौं । सौर्य उर्जाबाट विद्युत उत्पादन गर्ने नेपालको अग्रणी कम्पनी सोलार फार्म ग्रुपले झापाको बैगुनधुरास्थित ईस्ट सोलार प्रालीलाई खरिदसम्झौता गरेको छ ।

तनहुँको बेलचौतारामा सौर्य उर्जामार्फत ५ मेघावाट विद्युत उत्पादन गरी केन्द्रीय प्रसारणमा जोडिसकेको ग्रुपले झापामा रहेको अर्को कम्पनी खरिदसम्झौता गरेको हो । ३० वर्षका लागि लिजमा लिइएको सो जमिनबाट ६ मेघावाट बिजुली उत्पादन हुने बताइएको छ । सो कम्पनीले लाइसेन्ससम्बन्धी सबै काम गरिसकेको छ ।

कम्पनीले नेपाल बिद्युत प्राधिकरणसंग ६ रुपैयाँ ६० पैसा प्रति युनिटमा २५ वर्षसम्मका लागि पीपीए गरिसकेको सोलार फार्म ग्रुपका अध्यक्ष मोहन गुरुङले बताए । उक्त परियोजनालाई एशियाली विकास बैंकबाट तीन बर्षको  लागि १० रुपैयाँ प्रतियुनिटको दरले थप अनुदान पनि प्राप्त भएको छ ।

हाल कम्पनीको शेयर हस्तातरण सम्बन्धी प्रक्रिया चलिरहेको र यो प्रक्रिया सक्किने वित्तिकै निर्माण कार्य सुरु गरिने र छ महिना भित्रै निर्माण सम्पन्न गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए ।

 

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ५ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको