१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘नेपालको जय होस्’ गीतको विमोचन



बुटवल । राष्ट्रियताको पक्षमा तयार पारिएको गीत ‘नेपालको जय होस्’ को विमोचन गरिएको छ । स्वतन्त्र नागरिक समूह नेपालका संस्थापक अध्यक्ष विश्वराज गैरद्दारा प्रस्तुत गीतको विशेष कार्यक्रमको आयोजना गरी शनिबार बुटवलमा विमोचन गरिएको हो ।

नेपाली सेना मध्ये पश्चिम बुटवलका उपरथी यामप्रसाद ढकालले उक्त गीतको विमोचन गरेका हुन । विमोचन कार्यक्रममा बोल्दै उहांले नागरिकका लागि राष्ट्रियता सबै भन्दा ठूलो विषय भएकाले राष्ट्रियताको पक्षमा वोल्नु र गीत बनाउनु सकरात्मक पक्ष भएको बताए ।

नृत्य निर्देशक कमल राईको निर्देशनमा नेपालको जयहोस गीतको छायांकन रुपन्देहीको बुटवल, लुम्बिनी र पोखरामा भएको हो । स्वतन्त्र नागरिक समूह नेपालले बुटवलको नयांगाउंस्थित मुक्तिनाथ मन्दिरबाट छायाकंन शुभसाइत गरिएको थियो । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, रुपन्देही शंकरनगरको वनबाटिका, तिलोत्तमाको गिर्वाण माध्यामिक विद्यालय हुंदै पोखरामा छायाकंन सम्पन्न भएको थियो ।

म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन रहेको छ । राष्ट्र भक्तीको भावनालाई उजागर गरेको उक्त नेपालको जयहोस् भन्ने गीत ६ मिनेट २० सेकेन्डको रहेको छ । नेपालको जयहोस् भन्ने गीतको शब्द, संगीत र रचना स्वतन्त्र नागरिक समूह नेपालको रहेको स्वतन्त्र नागरिक समूह नेपालका महासचिव टोपबहादुर केसीले जानकारी गराए ।

स्वतन्त्र नागरिक समूह नेपालले जनताबाट हराउँदै गएको देशप्रेम जागृत गराउने गरी उक्त देशभक्ति गीतको म्युजिक भिडियो बनाईएको हो । स्वतन्त्र नागरिक समूहका अध्यक्ष विश्वराज गैरेको अध्यक्षता र महासचिव टोपबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ८ : ५९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा