३ चैत्र २०८२, मंगलबार | March 17, 2026

निर्देशक र कलाकारको जीवनसँग मिलेको ‘बहाव’



काठमाडौं । यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘बहाव’ यतिबेला रिलिजको संघारमा छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मले अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक अन्तरद्वन्द्वलाई प्रस्तुत गरेको छ ।

फिल्मलाई समाजको कथा भनिए पनि निर्देशक कँडेल, अभिनेत्री पन्त र अभिनेता नेपालसँग केही हदमा कथाको अंश मिल्दोजुल्दो रहेको स्वयंले खुलासा गरेका छन् । राजधानीमा मंगलबार पत्रकारमाझ उनीहरूले यो कुराको खुलासा गरेका हुन् ।

सुरक्षाले ‘बहाव’मा वैचारिक मनोरञ्जन भए यसको कथा केही हिसाबले आफ्नो जीवनसँग पनि मिल्ने खुलाइन् । ‘यो फिल्मको हिरोहिरोइन भनेकै बाबु छोरी अर्थात् कमलमणि दाई र म हौं । यसका केही कथाहरू मसँग पनि सम्बन्धित छ । किनकी हाम्रो घरमा दुई आमा र एक बुवा हुनुहुन्छ । उहाँहरुका धेरै सन्तान छोरी नै छन्’, सुरक्षाले भनिन्, ‘फिल्म राखिएका केही दृश्य र कथा मसँग पनि मेल खान्छ ।’

अभिनेता कमलमणिले फिल्मको एक दृश्यमा सुरक्षासँग अभिनय गर्दा आफू रोएको खुलाए । उनले फिल्मको स्क्रिप्ट पढ्दा सामान्य लागे पनि स्क्रिप्ट गहिरिएर पढ्दा फिल्ममा सुरक्षाको मनोभावलाई बुझेको बताए । ‘हामीले समाजको चरित्र लिँदा त्यसको सारतत्व लिने हो ।

सुरक्षाले सन्ध्याको चरित्र निर्वाह गरिरहँदा मैले मेरो बुवा अथवा काकाबाट आफ्नो सारतत्व लिएको थिएँ । सन्ध्या र म बीच संवाद हुँदा त्यो दृश्यले मलाई यति छोयो कि आफूलाई थाम्न सकिनँ र रोएँ’, कमलमणिले खुलाए, ‘मेरो घरमा छोरी पनि छिन् । यो दृश्य खिचिरहँदा एउटा यस्तो परिस्थिति थियो, जहाँ म छोरीलाई माया पनि गर्छु, छोरी प्रति घृणा पनि गर्छु । त्यो अवस्थामा आफूलाई रोक्न सकिनँ । दर्शकले यो दृश्य हेर्दा कहीँ न कतै आफूलाई पाउनुहुनेछ ।’

निर्देशक कँडेलले फिल्ममा सुरक्षाको भाइको चरित्र निर्वाह गर्ने कलाकारको वास्तविक जीवन आफू रहेको बताए । ‘यो कथा लेखिरहँदा भाईको पात्रमा आफूलाई समेटेको छु । मैले जीवनमा जे कुरा भोगें, ती कुरा दर्शकले भाईको चरित्रमा पाउनुहुन्छ’, उनले भने ।

निर्माता श्रीधर पौडेलले आफूलाई फिल्म रिलिजमा कुनै समस्या नभएको दाबी गरे । ‘हामीसँग एउटा कथा थियो, त्यसलाई भनेर दर्शकमाझ ल्याउने बेलामा एउटा प्रोडक्ट रेडी भयो । हरेक उत्पादन बजारमा ल्याउने बेलामा समस्या परेकै हुन्छन् । यसको आफ्नै प्रक्रिया हुन्छ । तर आत्तिनु पर्ने अवस्था छैन’, उनले भने ।

उनले नेपाली फिल्ममा केही नयाँ प्रयोग गर्न आफूले एआई थिममा पोस्टर बनाएको बताए । उनले फिल्मको मार्केटिङ नीतिमा ३ देखि ४ वटामात्र पोस्टर बनाउने र त्यो पोस्टर सन्ध्या चरित्रलाई नै लक्षित गर्ने भन्ने योजना अनुरुप एआई पोस्टर बनाएको खुलाए । ‘नेपालमा यस्तो किसिमको पोस्टर बनेको मैले सुनेको छैन । सोहीकारण नेपालमा पनि व्यावसायिक रुपमा काम गरौं भनेर एआई थिममा पोस्टर बनायौं’, उनले भने ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्म ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ थिममा आधारित छ । फिल्ममा अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको पनि अभिनय छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ५ : १० बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन