२५ भदौ २०८३, बिहिबार | September 10, 2026

जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार



जनकपुर । महोत्तरीको जलेश्वर कारागारका एक कैदी आज दिउँसो अस्पतालबाट फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य अस्पतालबाट फरार भएका हुन् ।

गोडामा समस्या आएर पाँच कैदीका साथ उपचारका लागि जनकपुर गएका कैदी यादव अस्पतालको झ्याल तोडेर फरार भएका थिए । धनुषाको जनकपुर उपमहानगरपालिका–८ बस्ने अर्जुन साहको हत्या गरेको आरोपमा २०७९ साल भदौ २५ गतेदेखि उनी पूर्पक्षका लागि कारागारमा थिए । फरार कैदी यादवको खोजी महोत्तरी र धनुषाका संयुक्त प्रहरी टोलीले व्यापकरुपमा खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ४० बजे

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै