२१ असार २०८३, आइतबार | July 6, 2026

तावाको सट्टा सिधै आगोमा पकाएको रोटी स्वास्थ्यका लागि हानिकारक



काठमाडौं । आजभोली कतिपयले तावाको सट्टा सिधै ग्यासको आगोमा सेकेर रोटी पकाउने गरिएको छ । रोटी फुलाउन वा आकर्षक देखाउन पनि ग्याँसमा सेक्ने गरिएको छ । आगो वा ग्यासमा सेकेको रोटी खान स्वादिलो र फुलेको देखिन्छ । अधिकांश गृहिणीहरूले रोटी पकाउने यो विधि अपनाउने गर्छन्।

तर स्वाद र सुन्दरताका लागि सेकिएको रोटी स्वास्थ्यका लागि हानिकारक रहेको एक अनुसन्धानले देखाएको छ । जर्नल इन्भाइरोमेन्टल साइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित हालैको अनुसन्धानका अनुसार यसरी रोटी पकाउँदा वायु प्रदूषक निस्कन्छ, जसलाई डब्लुएचओले हानिकारक मानेको छ । ती प्रदूषक हावाको नाम कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड हो। प्रत्यक्ष आगोबाट वा ग्यासबाट निस्केने रसायनमा सिधै रोटी पोल्दा मानव शरिरमा अनावश्यक रसायन प्रवेश गर्ने र स्वास्थ्यमा हानी पु¥याउने अनुसन्धानकर्ताहरुको भनाई छ ।

उता, फुड स्ट्यान्डर्ड अष्ट्रेलिया र न्यूजील्याण्डका वैज्ञानिक डा. पल ब्रेन्टद्वारा २०११ मा प्रकाशित अनुसन्धानले ‘प्रत्यक्ष आगोमा पकाउँदा क्यान्सरजन्य रसायनहरू उत्सर्जन हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ’ भनि उल्लेख गरेका छन ।

सिधै आगोमा पकाएको रोटीले स्वास्थ्यलाई हानि पुर्‍याउँछ भन्ने अहिले नै पूर्ण रूपमा भन्न सकिन्न । यस विषयमा अझै अनुसन्धान आवश्यक छ। तर, अहिलेसम्मको अनुसन्धानलाई हेर्दा यसरी रोटी पकाउँदा स्वास्थ्यलाई हानि पुरयाउन सक्छ, त्यसैले तावामा नै रोटी पकाउने अनुसन्धानकर्ताहरुको सुझाव छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : ५४ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ