२१ भदौ २०८३, आइतबार | September 7, 2026

रात्री बजारका लागि वीरगन्ज नाका तीन दिन चौबिसै घण्टा खुला हुने



पर्सा । -रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला हुने भएको छ ।

नयाँ वर्षको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको ‘रात्रि बजार’का सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका तीन दिनसम्म चौविसै घन्टा खुल्ला गरिन लागिएको हो ।

राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिदै आएकोमा चैत ३० देखि भने बैशाख २ गतेसम्म वीरगन्ज नाका २४ सै घण्टा खुल्ला गराउन लागिएको हो ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार भारतीय पर्यटकहरूलाई लक्षित गरी महानगरपालिकाले नयाँ वर्षमा अवसरमा आयोजना गर्न लागिएको रात्रीकालिन बजारका लागि वीरगन्ज नाका चौबिसै घण्टा खुला रहने छ ।

सो बारेमा जानकारी दिदै नगर प्रमुख  सिंहले रात्रि बजार लाग्ने तीन दिनका लागि नाका खुला राख्न नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायसँग महानगरले सहमति गरे अनुसार सो निर्णय भएको हो ।

उनका अनुसार बिरगञ्जलाई दिर्घकालिन रुपमा रात्री बजार सञ्चालन गर्न सकिन्छ कि सकिन्न ? भन्ने बारेमा रात्रीकालिन बजारले मार्गचित्र दिनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : ३१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त