२० मंसिर २०८२, शनिबार | December 6, 2025

रात्री बजारका लागि वीरगन्ज नाका तीन दिन चौबिसै घण्टा खुला हुने



पर्सा । -रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला हुने भएको छ ।

नयाँ वर्षको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको ‘रात्रि बजार’का सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका तीन दिनसम्म चौविसै घन्टा खुल्ला गरिन लागिएको हो ।

राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिदै आएकोमा चैत ३० देखि भने बैशाख २ गतेसम्म वीरगन्ज नाका २४ सै घण्टा खुल्ला गराउन लागिएको हो ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार भारतीय पर्यटकहरूलाई लक्षित गरी महानगरपालिकाले नयाँ वर्षमा अवसरमा आयोजना गर्न लागिएको रात्रीकालिन बजारका लागि वीरगन्ज नाका चौबिसै घण्टा खुला रहने छ ।

सो बारेमा जानकारी दिदै नगर प्रमुख  सिंहले रात्रि बजार लाग्ने तीन दिनका लागि नाका खुला राख्न नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायसँग महानगरले सहमति गरे अनुसार सो निर्णय भएको हो ।

उनका अनुसार बिरगञ्जलाई दिर्घकालिन रुपमा रात्री बजार सञ्चालन गर्न सकिन्छ कि सकिन्न ? भन्ने बारेमा रात्रीकालिन बजारले मार्गचित्र दिनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : ३१ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति