७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

वीरगन्जमा राति १० बजेपछि बाजा बजाउन रोक



वीरगन्ज । वीरगन्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ ।

विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत एवम् सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुन सक्ने विकृति–विसङ्गति तथा अश्लील गीतसङ्गीत एवम् सडकमा सो नृत्यमा रोक लगाइएको हो ।

यसैगरी, घण्टाघर नजिकैका धर्मशाला, पार्टी प्यालेस एवम् होेटल बिपीपार्क, माईस्थान आदर्शनगर क्षेत्रका पुरानो बसपार्क र अलखिया मठ, छपकैया विर्ता क्षेत्रकाले बिर्ताबजार एवम् इदगाहा क्षेत्रको खाली ठाउँमा पार्किङ गर्नुपर्ने योजना अघि बढाइएको हो ।

यसैगरी, वीरगन्जमा सवारी पार्किङ व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा धर्मशाला, होटेल, पार्टीप्यालेसले नै सुरक्षा गार्ड राख्ने र सवारीसाधन पार्किङमा व्यवस्थापन गर्न जिम्मेवार हुनुपर्ने गर्ने योजना बनाइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १२ : ४० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल