३ आश्विन २०८३, शनिबार | September 19, 2026

तिलोत्तमा नगरपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा लुम्बिनी प्रदेशमा प्रथम र देशभरमा चौथो



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदनअनुसार तिलोत्तमा नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको हो ।

हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को स्थानीय तहको संस्थागतप्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र क्षमता स्वमूल्यांकन मुलुकभरमा चौथो भएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख राम कृष्ण खाणले दिए ।

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिककार्यसम्पादन, भौतिक पूर्वाधार र सामाजिक समवेशीकरण गरी आठ वटा विधाका छुट्टा छुट्टै सूचक मूल्यांकनमा तिलोत्तमा नगरपालिका देशभरका पालिकाहरु मध्ये चौथों स्थान र लुम्बिनी प्रदेशमा प्रथम हुन सफल भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ । गत आर्थिक वर्षमा स्वमूल्यांकन प्रतिवेदनमा तिलोत्तमा नगरपालिकाले ९५ दशमलव ७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएको थियो ।

अहिलेको प्राप्त उपलब्धीले तिलोत्तमा नगरपालिकालाई राष्ट्रव्यापी बनाएको आफ्नो पहिचानमा थप टेवा पुर्याएको छ । तिलोत्तमालाई मुलुककै उत्कृष्ट, नमूना नगरपालिका बनाउने अभियानमा निरन्तर क्रियाशील रहेको नगर प्रमुख खाणले बताए । भौतिक तथा सामाजिक विकासका क्षेत्रमा भैरहेका कामलाई एउटा गन्तव्यमा पुर्याउने र नयाँ काम गर्दै जाने विषयमा सिंगो नगरपालिका लागि रहने नगर प्रमुख खाणले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  २ : ४० बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय