३ आश्विन २०८३, शनिबार | September 19, 2026

रक्तिम सांस्कृतिक अभियानको सम्मेलन सम्पन्न, अध्यक्षमा गिरीप्रसाद बुढा



बुटवले । रक्तिम सांस्कृतिक अभियानको बुटवलमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले गिरीप्रसाद बुढा अध्यक्ष रहेको नयां नेतृत्व चयन गरेको छ । तीन दिनसम्म चलेको सम्मेलनले गिरीप्रसाद बुढा अध्यक्षतामा १९ पूर्ण र ६ वैकल्पिक गरी २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

रक्तिमको राष्ट्रिय सम्मेलनले पहिलो पटक वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्षको व्यवस्था पनि गरेको छ । वरिष्ठ उपाध्यक्षमा जीवन शाही र उपाध्यक्षद्वय मोहराज चालिसे र बाबुराम शर्मा चयन भएका छन् ।

यस्तै, महासचिवमा हेमराज आश्रम, सचिव सहविन अर्गेजा र कोषाध्यक्षमा अनन्तराज आचार्य चयन भएका छन् । सदस्यहरुमा मेस्मा पुन, विष्णु केसी, उषा तरामी मगर, विशाल राई, सुवर्ण भट्टराई, शोभा गोपाली, तमबहादुर रोका, जगत विक, सीता बस्याल, हिक्मत शाही, मञ्जु परियार र सुरज सुनार रहेका छन् ।

यस्तै, वैकल्पिक सदस्यमा मानबहादुर नेपाली, दिलीप परियार, हरि सर्तुङी मगर, दीपक गोल, सविता ठाडामगर, दीपक पन्थी रहेका छन । सम्मेलनले ८१ सदस्यीय सांस्कृतिक सभा पनि गठन गरेको छ ।

केन्द्रीय सल्लाहकार परिषदको संयोजकमा रेम राना तथा सदस्यहरुमा तेजेन्द्र थापा, देवी शर्मा, मिना बुढाथोकी, शुसीला थापा, थुमराज ढुंगाना, गीता थापा, दानबहादुर थापा, नरमाया थापा, नेत्र राना, जीवन पुन, टीकासंगम र दानबहादुर सारु रहनुभएको १३ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् चयन गरिएको महासचिव हेमराज आश्रमले जानकारी गराएका छन् ।

नवनिर्वाचित समितिको आइतबार बसेको बैठकले संगठन सुदृढीकरण, पांच हजार सदस्यता वितरण, सांस्कृतिक तथा राजनीतिक प्रशिक्षण र लेनिनको जन्म शतवार्षिकीका अवसरमा अन्तरक्रिया सञ्चालन गर्ने निर्णय गरेको छ ।

रक्तिमको चौथो राष्ट्रिय सम्मेलनको वैशाख १ गते राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ६ : ५९ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय