८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

धुवाँ र धुलोले अधिक प्रदूषण



काठमाडौं । एक सातादेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण उच्च हुँदै आएको छ । बढदो गर्मीको रापसँगै धुलो र धुवाँको अधिक प्रदूषणले सडक र सार्वजनिक स्थलमा हिँडिसाध्य छैन । आइतबार उच्च प्रदूषणका कारण देशभरकै जनजीवन प्रभावित बनेको छ ।

काठमाडौं उपत्यका एक सातादेखि नै प्रदूषण भरिएको खाल्डोमा परिणत भएको छ । विश्वका विभिन्न सहरसँग तुलना गर्दा काठमाडौं उच्च वायु प्रदूषण भएको सहरमा गनिन थालेको छ । विश्वस्तरमा मापन गरिने वायु प्रदूषणको मापनले पनि काठमाडौं विश्वकै प्रदूषित सहरको उच्च सूचीमा देखिन थालेको हो । वातावरण विभागले पनि काठमाडौंको वायु श्वास फेर्नलायक नरहेको स्वीकार गरेको छ ।

वातावरण निरीक्षक गोविन्द लामिछानेले भने, “पहिले धुलोका कण मात्र हुन्थे । अहिले धुवाँ पनि मिसिएको छ, जुन सहजै रगतमा पुग्न सक्छ । त्यसको मात्रा यहाँको वायुमा उच्च देखिएको छ ।” उनका अनुसार सबैभन्दा सानो वायुको कणलाई सूक्ष्म रूपमा हेर्दा त्यसमा आँखाले नदेखिने धुवाँका कणको घनत्व उच्च रहेको छ । सामान्यतः २.५ माइक्रोमिटर र त्यसभन्दा सानो व्यास भएको धुलोका कणलाई पीएम २.५ भनिन्छ । सामान्य मानिसको कपालको रौँको व्यास ७० माइक्रोमिटर हुन्छ । यसरी यस समूहमा पर्ने सबैभन्दा ठूला कणको व्यासभन्दा कपालको रौँको व्यास ३० गुणा ठूलो हुन्छ । यस्ता कण निकै साना हुने भएकाले सजिलैसँग हाम्रो फोक्सोसम्म पुग्न सक्छन भने धेरै मसिना कण फोक्सोबाट रगतमा प्रवेश गरी शरीरका विभिन्न अङगमा प्रवेश गर्छन ।

उनले भने, “देशव्यापी रूपमा डढेलोको क्रम उच्च बनेको र वर्षा नहुँदा वायुमा तैरिरहेकाले सूक्ष्म कणको घनत्व बढदै जाँदा प्रदूषणको तुवाँलो काठमाडौंको आकाशमा बाक्लिदै गएको छ ।”

दुई वर्षअघि सन २०२१ मा डढेलोले बढाएको वायु प्रदूषणले विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको थियो । त्यस बेला वायुको गुणस्तरको सूचकाङक तीन सयभन्दा माथि पुगेको थियो । अहिले सबैभन्दा बढी प्रदूषण थुप्रिएको काठमाडौंका केही सहरमा त्यो सूचकाङक २५० माथि चढनेतर्फ अग्रसर छ ।आइतबार दिउँसोदेखि भैँसेपाटी क्षेत्रमा त्यही हाराहारीको वायु बहिरहेको छ । त्यसपछि शङखपार्क, रत्नपार्क, खुमलटार, कीर्तिपुर क्षेत्रको वायु अस्वस्थकरबाट अति अस्वस्थकरतिर बढदै छ । लामिछानेले भने, “दिउँसो चल्ने हावाले प्रदूषणमाथि आकाशमा पु¥याउने र डढेलोले नयाँ प्रदूषण भित्र्याउने काम गरिरहेको छ ।”

बिहान-बेलुका राम्रो हावा र हल्का वर्षा भएको खण्डमा काठमाडौंको प्रदूषण थोरै भए पनि कम हुने अनुमान विभागका प्रवक्ता शङकरप्रसाद पौडेलले गरे । भैँसेपाटीको प्रदूषण थप उच्च हुनुमा बागमती कोरिडोर हुँदै तराई र अन्य जिल्लाको डढेलोको धुवाँ भित्रिनु कारक रहेको उनको ठम्याइ छ । आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले यो समाचार लेखेकी छिन ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : ०८ बजे

अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन

आइपिएलको फाइनल प्रवेशका लागि आज हैदराबाद र कोलकाता भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ चरणको पहिलो

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अ न्तर्गत दुवै सदनको बैठक आज बस्दैछन्

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार