९ भदौ २०८३, मंगलबार | August 26, 2026

नेपाल-भारत सीमाको नेपालगन्ज नाकाबाट दिनहुँ कोरोना संक्रमित भित्रँदै, नाकामा छैन ‘होल्डिङ सेण्टर’



नेपालगन्ज । नेपाल भारत सीमाको नेपालन्ज स्थित जमुनाहा नाकाबाट हरेकदिन जसो कोरोना संक्रमित भित्रने गरेका छन् । नाका हुँदै भित्रने संक्रमितको तथ्याँक संकलन गरिएपनि होल्ड गर्ने व्यवस्था नहुँदा त्यस्ता संक्रमितलाई सिधै घर पठाउने गरिएको छ ।

शनिबार ४ जनामा संक्रमण पुष्टी भएकोमा आइतबार भारतबाट फर्कने ८ जनामा कोरोना संक्रमण पुष्टी भएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ निरीक्षक तेज वलीले जानकारी दिए ।भारतको विभिन्न ठाउंबाट आएका बांकेलगायत जिल्लाका ८ जनालाई कोरोना देखिएको उनले बताए ।

संक्रमितहरुमा भारतमा काम गर्ने क्रममा कोरोना देखिएपछि नेपाल फर्किने गरेको पाइएको छ । संक्रमण बढ्नेक्रमले निरन्तरता पाएपनि सरकारी निकायले भने तथ्याँक संकलन गर्ने बाहेक जोखिम न्युनिकरण गर्ने कुनै काम गरेको छैन । संक्रमितलाई सिधै घर पठाइँदा संक्रमितले यात्रा गर्ने सवारीसाधनका अन्य यात्रु, उनले बाटोमा प्रयोग गर्ने होटल/रेष्टुरेन्ट वा संक्रमितसँग सम्पर्कमा आउने जो कोहीलाई कोरोना सर्न सक्ने जोखिम देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले सावधान रहन परिपत्र गरेपनि नाकामा आइशोलेसन केन्द्र नहुँदा संक्रमण फैलन सक्ने देखिएको हो । नाकामा छुट्टै बस्ने तरिका, होम आइशोलशनमा बस्दा अपनाउनु पर्ने मापदण्ड र कोरोना संक्रमणका बारेमा काउन्सिलिङ गरेर होम आइसोलेशनमा पठाइने गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । उनले नाकामा चेकजाँचलाई कडाई गरिएको बताउँदै बढ्ने क्रम नरोकिए नाकामा नै आइसोलेशन केन्द्र खोल्न सकिने बताए ।

नेपालगन्ज नाकामा पछिल्ला दिनमा दैैनिक नै संक्रमित फेला परेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १० : ०९ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त