२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा



काठमाडौं । सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गर्दै महानगरले फोहोर उठाउन छाडेपछि काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सिंहदरबारभित्रको फोहोर नउठाउँदा जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर भएको हो । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको उक्त रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने बताइएको छ ।

संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल मार्फत आक्रोश पोख्दै सिंहदरबार भित्रको फोहोर नउठाउने घोषणा गरेका थिए । सञ्जालमा लेखे लगत्तै उनले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन समेत दिएपछि सिंहदरबार लगायतका संघीय सरकारका मन्त्रालयहरु रहेको स्थानको फोहोर उठ्न बन्द भएको थियो । मेयरको निर्देशनपछि ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर संकलन भएको छैन ।

मेयर बालेनले सिंहदरबारमा बस्ने नेताहरुलाई सिसडोलको फोहोरमा डम्प गर्ने जस्ता शब्द सामाजिक सञ्जालमा पोष्ट गरेपछि बालेनको आलोचना भएको थियो । महानगरपालिकाले फोहोर नउठाउने घोषणा गरेपछि सरकारले समेत उनलाई सचेत गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ६ : ५९ बजे

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय

पाटन । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राष्ट्रिय परीक्षा बोर्डको

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द

मुम्बई । अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको

लाहोर एयरपोर्टमा आगलागी : उडानमा ढिलाइ

लाहोर । पाकिस्तानको लाहोर विमानस्थलमा लाउन्ज क्षेत्रमा आगलागी भई अराजकता