४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी सुरुवात, मलेसिया ६ विकेटले पराजित



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो ।

टस हारेर पहिले फिल्डिङ गरेको नेपालले मलेसियालाई २३५ रनमा सीमित गरेको थियो । मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

२३६ रनको लक्ष्य पाएको नेपालले ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि भीम सार्कीले ७१ रन बनाएर टिमलाई जिताउन मुख्य भूमिका खेले । यस्तै, कुशल मल्ल पनि ७० रनमा नटआउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख भने १ रनमै आउट भएका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३(३ विकेट लिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ४ : ०९ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन