२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सियारीमा गोली चल्यो, एकजना सामान्य घाइते



बुटवल । रुपन्देहीको सियारी-३ भैसाखादरमा एकथान मोबाइलका लागि गोली प्रहार गरेका छन् । गोली प्रहारबाट स्थानीय एक युवा घाइते भएका छन ।

बाख्रा चराउन तिनाउ नदीको कौवा घाट नजिकै गएका २६ वर्षिय विरेन्द्र केवटलाई ३ जनाको समुहमा आएको लुटेराहरुले मोबाइल माग्दै गोली चलाएका थिए । केवटमाथि गोली प्रहार गर्दै ती लुटेराहरुले मोबाइल लुटेर लगेका छन् । गोली प्रहारबाट केवत सामान्य घाइते भएका छन् ।

तिनाउ खोला नजिकै कौवा घाटमा बाख्रा चराउदै गरेका केवटसँग लुटेरा समुहले मोबाइल मागेको र मोबाइल दिन आनाकानी गरेपनि गोली प्रहार गरि मोबाइल लिएर भागेको केवटले बताए । नदी किनारमा मोटरसाइकल रोकेर केवट नजिक पुगेका लुटेरा समुहले सुरुमा मोबाइल र भएको सामान मागेको र दिन आनाकानी गरेपछि गोली प्रहार गरेको उनले बताए ।

केवटको भिम अस्पतालमा उपचार भईरहेको छ । अस्पतालका अनुसार गोली केवटको तिघ्राको लागेको छ । तिघ्रामा छिर्न नपाएकाले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामू अर्यालले भने घटनास्थलमा गोली चलेको कुनै संकेत नभेटिएको बताए । ‘बन्दुकका खोका वा बारुदको कुनै संकेत घटनास्थलमा भेटिएन ।’ उनले भने ।

घाइतेले गोली प्रहार भएको बताएका आधारमा प्रहरीले अनुसन्धान थालेको डीएसपी अर्यालले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १० : ०२ बजे

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको