२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आजदेखी भेरिफाइड एकाउन्टबाट ब्लू टिक हट्यो, अब निश्चित शुल्क तिर्नुपर्ने



काठमाडौं । बिहिबार मध्यरातिदेखि लागु हुने गरी ट्विटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ ।

कम्पनिका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्विटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लू टिक बिहिबार मध्यरातीबाट हटेको छ । जसका कारण हजारौं नेपाली प्रयोगकर्ताको पनि ट्विटर एकाउन्टबाट ब्लू टिक हटेको छ ।

मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हटने जनाएका थिए, उनले ब्लू  टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन् । उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नु पर्ने यसअघि नै बताएका थिए ।

ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरुको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शूल्क लिने गरिएको थिएन । तर, मस्कले ट्विटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रम भेरिफाइड एकाउन्टबाट ब्लु टिक हटाई दिएर शुल्क तिर्न दबाब बढाएको हो ।

नेपालमा पनि निःशुल्क रुपमा ब्लू टिक पाउने हजारौं थिए, तर बिहिबार रातीबाट पनि सबैजसोको हटेको छ ।

नेपालमा ब्लू टिक लिनका लागि अब वार्षिक ८४ डलर (करिब ११ हजार रुपैयाँ) तिर्नु पर्नेछ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ८ : २३ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती