२० मंसिर २०८२, शनिबार | December 6, 2025

मे अन्तिममा क्यानडामा एनआरएनएको क्षेत्रीय सम्मेलन हुँदै



काठमाडौं । मे महिनाको अन्तिममा गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने भएको छ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका र ग्लोबल गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद क्यानाडाको सयुक्त आयोजनामा मे २७ र २८ मा क्षेत्रीय सम्मेलन हुन लागेको हो ।

सोमबार भर्चुअल पत्रकार सम्मेलनमार्फत् अमेरिकाज क्षेत्रीय सम्मेलनको जानकारी दिइएको हो । सम्मेलनका क्षेत्रीय संयोजक कृष्ण पोखरेलले सम्मेलनमा नेपालको आर्थिक विकास र सामाजिक समृृद्विमा गैर आवासीय नेपाली संघको भुमिका भन्ने मूल विषयवस्तु अन्तर्गत गैरआवासीय नेपालीहरुको हित र सरोकारहरुसँग सम्बन्धित महत्वपूर्ण सवालहरुमा छलफल हुने जानकारी दिए । उनले भने, ‘सम्रग नेपालको विकास र सामाजिक समृद्धिमा उनीहरुको योगदानलाई प्रवर्द्धन गर्न एनआरएनको भूमिकालाई थप शसक्त र प्रभावकारी बनाउने उदेश्य राखेको छौं ।’

‘सम्मेलनमा नेपालको उर्जा संकट सामाधानका लागि ग्रीन हाइड्रोजन उत्पादन तथा खपतः लगानीका अवसर र संभावनाहरु, नेपालको आर्थिक तथा सामाजिक विकासमा गैर आवासीय नेपालीहरुमा रहेको ज्ञान, सीप, पुजी तथा प्रविधिको हस्तान्तरण, गैर आवासीय नेपालीहरुको लागि दोहारो नागरीकता कानूनको आवश्यकता र अबिलम्ब कार्यान्वयनका लागि नेपाल सरकारको दायित्व, गैर आवासीय नेपाली संघको संगठनात्मक विकास र आगामी रणनीती तथा समतामूलक र सामाजिक न्यायपुर्ण समाजका लागि गैर आवासीय नेपालीहरुले खेल्नु पर्ने भुमिका सवालहरुमा छलफल र बहस केन्द्रित हुनेछ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

संयोजक पोखरेलले एनआरएनएबीच वृहत्तर एकताका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । त्यस्तै एनआरएनए क्यानडा अध्यक्ष अञ्जनी भट्टराईले नेपालको समृद्धिमा विदेशमा रहेका नेपालीको योगदानलाई प्रभावकारी बनाउने विषयमा सम्मेलनमा छलफल हुने बताए ।

त्यस्तै अमेरिका अध्यक्ष डा सूर्य लम्सालले सम्मेलनलाई उपलब्धिमूलक बनाउने गरी तयारी भइरहेको जनाए । ‘सम्मेलन केवल सम्मेलनका लागि मात्रै नहोस् भन्नेमा हामी सचेत छौं । उपलब्धीमूलक कसरी बनाउन सकिन्छ भन्नेमा हामी बढि केन्द्रीत छौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल र विदेशमा रहेका नेपालीको हीतका पक्षमा एनआरएनको भूमिकालाई प्रभावकारी बनाउनेबारे सम्मेलनमा छलफल हुनेछ ।’

साथै सम्मेलनले विश्वभर स्थापित र कार्यरत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुलाई प्रभावकारीरुपमा कार्य गर्नका लागि मार्गदर्शन तथा कार्यदिशा प्रदान गर्ने विश्वास लिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ११ : ५५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले