२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

मुलुकभरको आन्दोलन रोक्ने सिंहदरबार भित्रै कर्मचारीको बिरोध प्रदर्शन



काठमाडौं । निजामति सेवा ऐनमा सरकारको बिरोधमा प्रदर्शन गर्न निषेध गरे पनि निजामति सेवाका नायव सुब्बाहरुले सिंहदरबार भित्रै बिरोध प्रदर्शन गरेका छन् । संघीय निजामती सेवा ऐनमा आफ्ना मागहरु नसमेटिएको भन्दै नायव सुब्बा तथा सो सरहका कर्मचारीहरुले सिंहदरवारभित्रै आन्दोलन गरेका हुन् ।

आज सरकारी कार्यालय खुले लगत्तै सिंहदरवार परिसरमा उनीहरुले बिभिन्न नारा लेखिएको प्ले कार्डहरु बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले बोकेको प्ले कार्डमा ‘माननीयज्यू, ना.सु.का आँशु देख्नु भएन ? जस्ता नारा लेखिएका थिए ।

राजपत्र तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने, निजामती सेवामा प्रवेश गरिसकेका कमचारीलाई निजामती सेवाको पदपूर्ति कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुल्ला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेको अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउने विद्यमान निजामती सेवा ऐन, २०४९ को व्यवस्था कायम हुनुपर्ने उनीहरुको माग छ ।

त्यसैगरी, राजपत्र प्रथम र द्वित्तीय श्रेणीको खुल्लामा प्रतिस्पर्धा गर्न सम्वन्धित पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता भएको र निजामती सेवाको राजपत्र अनंकित पदमा रहेर ७ र ५ वर्ष काम गरेको भए योग्य हुन पाउनुपर्ने कर्मचारीको माग छ ।

देशभर नियमन गर्ने सिंहदरबार भित्रै प्रदर्शनमा उत्रंदा पनि गृह प्रशासनले भने उनीहरुको आन्दोलन रोक्ने प्रयास गरेन । निजामति कर्मचारी ऐनमा कर्मचारीहरुले असहमतीलाई बिभागिय रुपमा राय ब्यक्त गर्ने ब्यवस्था गरेपनि प्रदर्शनलाई पुर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  २ : ५१ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका