९ भदौ २०८३, मंगलबार | August 26, 2026

नेपाल स्वयमसेवी रक्तदाता समाजको अध्यक्षमा कर्माचार्यको निरन्तरता



बुटवल । केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई केन्द्रीय अध्यक्षमा निरन्तरता दिँदै नेपाल स्वयमसेवी रक्तदाता समाजको चौथो अधिवेशन सम्पन्न भएको छ । आज बिहानबाट सुरु भएको अधिवेशनले अध्यक्षमा पुनः कर्माचार्यलाई निर्विरोध निर्वाचित गरेको हो ।

समाजको शनिबार बुटवलमा सम्पन्न चौथो महाधिवेशनले उपाध्यक्षमा ध्रुव थपलिया (चितवन), महासचिवमा कृष्ण चौहान क्षेत्री (रुपन्देही), सचिवमा तिर्थराज अवस्थी (कास्की) र कोषाध्यक्षमा प्रतिमा लामा (रसुवा)लाई निर्वाचित गरेको छ ।

त्यस्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सदस्यहरुमा विमलकुमार भित्रकोटी, धर्मराज लुइटेल, प्रेमप्रसाद लम्साल, मनु लामा, प्रवासकुमार शाक्य, सुशिल घर्ती, गोविन्द वाग्ले, भिम विक, रामबहादुर खड्का, भेषराज पाण्डे, ध्रुव रुपाखेती र गुञ्जनकुमार गुप्ता रहेका छन् ।

अधिवेशनको आजै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गरेका थिए । बिस २०६२ सालमा स्थापना भएको संस्थाको चौथो अधिवेशन पहिलोपटक काठमाण्डौ उपत्यका बाहिर बुटवलमा आयोजना गरिएको थियो ।

समाजको ३४ जिल्ला शाखा, नगरपालिका, गाउपालिका, वडा ईकाई गरि ७७ वटा शाखा संचालनमा रहेका छन् । अधिवेशनमा ३४ जिल्लाबाट ९० जना सहभागी थिए।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ९ : ०० बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त