१० भदौ २०८३, बुधबार | August 26, 2026

झन्डै तीन महिनाको उपचार पछि सांसद भण्डारी आज नेपाल फर्कदै



काठमाडौं । सांसद चन्द्रकान्त भण्डारी आज स्वदेश फर्कदैछन । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।

भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेका अनुसार आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत उनी स्वदेश फर्कन लागेका हुन । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण गर्नेछन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य भण्डारी झन्डै तीन महिना देखी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत रहेका थिए । उनका अनुसार भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जनाईएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन् ।

सो आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो। उनलाई भने थप उपचारका लागि भारत लगिएको थियो ।

अब नेपालमा नै उनको बाँकी उपचार हुनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ०२ बजे

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र