१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

जानकी नवमी हर्षोल्लासका साथ मनाइयो



जनकपुरधाम । त्रेतायुगमा वैशाख शुक्ल नवमी दिन जगत्जननी माता जानकी प्रकट (जन्म) भएको उपलक्ष्यमा शनिबार मिथिला क्षेत्रमा हर्षोल्लासका साथ जानकी नवमी मनाइएको छ ।

नेपाललगायत भारतका सीता-राम मन्दिरमा मनाइने जानकी प्राकट्य महोत्सव मिथिलाका राजर्षि राजा जनकको राजधानी जनकपुरधाममा भने विगतका वर्षहरूमा जस्तै धुमधामका साथ मनाइएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

करिब एक सातादेखि जनकपुरधामका सीताराम मन्दिरमा विभिन्न धार्मिक अनुष्ठान हुँदै आए पनि वैशाख शुक्ल नवमीका दिन शनिबार भने जानकी मन्दिरमा विशेष पूजा, दिपावली र आरतीसहितका कार्यक्रम आयोजना गरियो । तत्कालीन मिथिलाका राजा जनक पानी नपरेर खडेरी हुन थालेपछि किसानहरूको हौसला र वर्षाका लागि इन्द्रदेवलाई आग्रह गर्न आफैँ खेतमा हलो जोत्न लागेको बेला वैशाख शुक्ल नवमीका दिन माता जानकी धर्तीबाट प्रकट भएको किंवदन्ती छ ।

त्यही दिनको सम्झना र माता जानकीको सम्झनामा शनिबार बिहानै ऐतिहासिक दूधमती नदीमा शाही स्नान, माता जानकी दिउँसो १२ बजे प्रकट भएको किंवदन्तीअनुसार जानकी मन्दिरमा प्राकट्य महोत्सव, बेलुका डोला शोभायात्रा, साँझ दिपावली र राति बधैयागानसहितका कार्यक्रम आयोजना गरियो ।

यस अवसरमा हिन्दू धर्मका विभिन्न सङ्घसंस्था तथा समाजहरूले शनिबार दिउँसो जनकपुरधाममा धार्मिक ¥याली निकालेका थिए । त्यसैगरी विश्व हिन्दू परिषद् नेपाल धनुषाले जानकी मन्दिर प्राङ्गणमा विगत वर्षहरूमा जस्तै अलौकिक कन्या पूजन् एवं सम्मान समारोहको आयोजना गरेको परिषद् धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ३६ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल