१८ माघ २०८२, आइतबार | February 1, 2026

झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु



बेनी । अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना अवलोकन गर्ने क्रममा भण्डारी टेकेको ढुङ्गाबाट चिप्लिएर खसेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ३ : ३८ बजे

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका