११ भदौ २०८३, बिहिबार | August 27, 2026

आज पनि प्रि बजेटका बारेमा छलफल हुने



काठमाडौं । आज पनि प्रि बजेटका बारेमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज पनि प्रि बजेटका बारेमा छलफल हुन लागेको हो ।

जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिएका थिए ।

उनका अनुसार प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भए अनुसार प्रि बजेटमा निरन्तर छलफल जारी राखिएको हो ।

संवैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा राजनीतिक दलहरुले प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन । गत बुधबार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

शुक्रबार र शनिबार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शिर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भईसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथकिताका बारेमा छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ६ : ४६ बजे

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत