१० बैशाख २०८३, बिहिबार | April 23, 2026

बुटवल पावरको खुद नाफा १२.८९ प्रतिशतले बढ्यो



काठमाडौ । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कमाएको नाफाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत वर्षको यसै अवधिमा २३ करोड ७५ लाख ८२ हजार रुपैयाँबाट अहिले १२।८९ प्रतिशतले वृद्धि भएको छ । विद्युत बिक्रीबाट गत वर्ष ५९ करोड ४८ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेकामा अहिले घटेर ५८ करोड ३१ लाख ७८ रुपैयाँमा आएको छ । कम्पनीको अन्य आम्दानी भने ३ करोड ४७ लाख रुपैयाँबाट बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

यस्तै, वित्तीय आम्दानी पनि ७ करोड ३५ लाख रुपैयाँबाट बढेर ८ करोड ४४ लाख रुपैयाँ पुगेको छ । हाल बुटवल पावरको सेयर पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ६० करोड १७ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८७ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ६५ पैसा छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १ : २६ बजे

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ-मुना-ढोरपाटन निर्माणमा

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा